सामूहिक रुपमा शपथ - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

सामूहिक रुपमा शपथ



काठमाडौँ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकतापछि गठित नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय समितिका सदस्यले बिहिवार सामूहिक रुपमा शपथ लिएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहिवार एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले एकार्कालाई शपथ खुवाएपछि दुवै पार्टीका केन्द्रीय सदस्यलाई शपथ गराइयो । एकीकृत पार्टीको पहिलो केन्द्रीय समितिको बैठकमा पार्टी एकताको समग्र प्रक्रियाका बारेमा अध्यक्षद्वय ओली र दाहालले जानकारी दिएका थिए ।

एकीकृत पार्टीको स्थायी समिति ४५ सदस्यीय रहनेछ । सो समितिमा एमालेका २६ र माओवादी केन्द्रका तर्फबाट १९ जना रहनेछन् । केन्द्रीय समिति ४४१ सदस्यीय हुनेछ । सो समितिमा एमालेका २४१ र माओवादी केन्द्रतर्फबाट २०० जना सहभागी हुनेछन् । वाम गठबन्धन हुँदै पार्टी एकताको प्रक्रिया अगाडि बढाएका एमाले र माओवादी दुवै पार्टी विघटन गरेर नयाँ पार्टी गठन गरिएको हो । सामूहिक शपथपछि नयाँ पार्टी दर्ताका लागि नेताहरु निर्वाचन आयोग पुगेका थिए । रासस