सामुहिक रुपमा आमाको मुख हेरियो - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

सामुहिक रुपमा आमाको मुख हेरियो



सुखड ,कैलाली । कैलाली जिल्लाको घोडाघोडी नगरपालिका वडा नं १० को पहलमानपुरमा मातातिर्थ औंसिको दिनमा आमा सम्मानित कार्यक्रम गरिएको छ ।

कोपिला महिला समुह पहलमानपुरको आयोजनामा गरिएको कार्यक्रममा विभिन्न समुदायका आमाहरुको उपस्तिथि रहेको थियो । यसरी विभिन्न समुदायका आमाहरुलाइ सामुहिक रुपमा आमाको मुखहेर्ने कार्यक्रम राख्दा धेरै आमाहरुको अनुहारमा उमङ्ग ,कान्ति हर्सित देखिएका थिए ।

आमाहरुलाई आफ्नो क्षमताले भ्याए सम्म खानेकुरा ,मीठो परिकार बनाएर उपहार , दियर आ -आफ्ना छोराछोरीले मुख हेर्ने चलन गरिन्थ्यो तर आज औपचारिक कार्यक्रम गरेर धेरै आमाहरुलाइ एकै स्थान मा राखेर गरिएको यो कार्यक्रम नगरपालिकामा पहिलो पटक भएको हो ।

कार्यक्रमको प्रमुख अतिथिको आसन बाट बोल्दै घोडाघोडी नगरपालिका वडा नं १० का वडा अध्यक्ष भिम बमले यो दिवस का रुपमा होइन आफ्नो आमाहरुलाइ सधै भरी हामिहरुले स्याहार सुसार गर्नु पर्ने बताउनु भयो । साथै विभिन्न बहानामा आमा र बुवालाइ बृद्ध अवस्था छोराछोरी को आवश्यकता पर्छ त्यो बेलामा तपाई हामिले वृद्ध आमा र बुवालाइ घरबाट निकालेर वृद्बा आश्रममा राख्छौ । त्यो राम्रो होइन त्यै भएर आजको दिन बाट नै सोचि बुवा र आमाको स्याहार सुसार गर्न तर्फ लाग्न पर्ने बमले बताउनु भयो ।

घोडाघोडी प्रतिस्ठानका महासचिब कृष्ण मिश्रले पनि आमाहरु लाई अब घर बाहिर होइन घर भित्र सम्मान गर्नु पर्ने बताउनु भयो । घोडाघोडी नगरपालिका न्यायिक समिती सदस्य भुमिराज जैशी , सशस्त्र प्रहरी बेस क्याम्प पहमानपुर का प्रमुख प्रेम कठायत लगायतका बक्ता हरुले शुभकामना दिनु भएको थियो । कार्यक्रममा उपस्तिथित भएका सबै आमाहरुलाइ मिठाइ फलफुल , जुस, दहि समेत खुवाइएको थियो ।

कार्यक्रम बयवृद्बा मुक्ता देवि मिश्रको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमको स्वागत मन्तव्य संस्थाका अध्यक्ष मेनुका पौडेल गर्नु भएको थियो ।