भातृत्व विकासको लागि अनेमुस कतारको 'सामूहिक इफ्तार कार्यक्रम' - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

भातृत्व विकासको लागि अनेमुस कतारको ‘सामूहिक इफ्तार कार्यक्रम’



टेक राज थापा , कतार ।

विश्व मुस्लिम समुदायको पवित्र महिना रमजानको अवसरमा अन्तर्राष्ट्रिय नेपाली मुस्लिम समाज कतारले “भातृत्वका लागि सामुदायिक इफ्तार” कार्यक्रम सम्पन्न गरेको छ।

समाजका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानको सभापतित्व तथा नेपाली राजदूतावासका नियोग उपप्रमुख मणिरत्न शर्माको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।अन्तर्राष्ट्रिय नेपाली मुस्लिम समाज (अनेमुस) का संयोजक प्रोफेसर रमजान अलिमियाँ,आईसीसी मध्यपुर्व संयोजक आरके शर्मा, अनेमुसका प्रमुख सल्लाहकार करिम बक्स मियाँ, वरिष्ठ सल्लाहकार हुसैन खान, सल्लाहकार मोहम्मद अजिज अलि,वैचारिक सङ्गठनका प्रमुखहरूको विशेष आतिथ्यता रहेका थियो ।

कतारमा क्रियाशील करिब तीन दर्जन सङ्घ संस्थाका प्रमुखहरू, समाजसेवी, बुद्धिजीवी, व्यवसायी तथा पत्रकारहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा सामूहिक रूपमा इफ्तार गर्नुका साथै विभिन्न व्यक्तित्वहरूबाट शुभकामना मन्तव्य व्यक्त भएको थियो।हिजरी सम्वतको नवौँ महिनामा पर्ने रमजान महिनाभर विश्वका मुस्लिम समुदायले आत्मीय शुद्धता एवं भातृत्व विकासका लागि एक महिने कठोर व्रत राख्ने परम्परा रहँदै आएको छ भने कतारमा सामाजिक सद्भाव एवं भाइचाराको लागि विगतदेखि नै मुस्लिम समुदाय लगायत नेपाली समुदायले सामुदायिक रूपमा इफ्तार गर्ने गराउने अभियान चलाउँदै आई रहेका छन्।

सुरुमा नेपाली राजदूतावासमा हुने भनिएको इफ्तार कार्यक्रम अप्रत्यासित रूपमा दूतावासले सूचना जारी गरी कार्यक्रम रद्द गरेको जानकारी दिए लगत्तै कतार स्थित नेपाली समुदायमा अन्यौलता छाएको थियो। अन्यौलतालाई चिर्दै अनेमुस कतारले हतारमा कार्यक्रम आयोजना गर्दा कमी कमजोरी हुन पुगेपनी कार्यक्रम भव्य रूपमा सफल भएकोमा समाजका अध्यक्ष मुसलमानले सबैलाई धन्यवाद दिए।

दूतावासमा हुने भनिएको कार्यक्रम अकस्मात रद्द हुँदा पहिल्यै निम्ता पाएका व्यक्तिहरू दूतावास पुगेर फर्किनु परेको गुनासो गरिएको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै नियोगका उपप्रमुख शर्माले कार्यक्रम रद्द हुनुमा आयोजक संस्था अन्तर्राष्ट्रिय नेपाली मुस्लिम समाजको कुनै दोष नभएको, कार्यक्रम रद्द भए पनि आयोजकले छोटो समयमा एउटा सफल कार्यक्रम गरेको भन्दै उपप्रमुख शर्माले प्रशंसा गरे ” यस्तो कार्यक्रमलाई आयोजना गर्न कम्तीमा एक डेढमहिनाको समय चाहिन्छ, तर आयोजकले एक रातमा त्यो काम गरेर समाजको कृयाशिलता र इच्छाशक्तिलाई प्रस्तुत गरेको छ” उनले बताए।

कार्यक्रममा दुताबसका सबै बिभागीय प्रशासनको उपस्थिति रहेको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै अनेमुसका अन्तर्राष्ट्रिय संयोजक प्रोफेसर रमजान अलिमियाँले आफूहरू दूतावास र कतारका निकायहरूसित मिलेर काम गर्न चाहेको बताए। मियाँले भने “हामीले कतार बनाउन चालिस वर्ष दियौँ, अब कतारले हाम्रो राष्ट्रको सम्वृद्दिको लागि सहयोग गर्नु पर्छ भन्ने सन्देश दिन चाहन्छौँ” ।

अर्का वक्ता एनआरएनए मध्यपुर्व सम्योजक आरके शर्माले सामुदायिक इफ्तार कार्यक्रमले नेपाली समाज सामाजिक, धार्मिक रूपमा सहिष्णु रहेको सन्देश दिएको बताए।