सामसुंगका मालिकलार्इ ५ वर्ष कैद सजाय - Himal Post Himal Post
  • ४ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 16 2024
Logo

सामसुंगका मालिकलार्इ ५ वर्ष कैद सजाय



काठमाडौं ।

दक्षिण कोरियाली कम्पनी सामसुङका अर्बपती मालिकका छोरा ली जेय योङलाई भ्रष्टाचारको अभियोगमा ५ वर्ष कैद सजाय सुनाइएको छ । बीबीसीले शुकवार जनाएअनुसार पूर्व राष्ट्रपति पार्क ग्वेन हीलाई महाभियोग लागेकै भ्रष्टाचार मुद्दामा ली पनि मुछिएका थिए । ली गत फरबरीदेखि थुनामा राखिएका छन् ।
सामसुङ कम्पनीको संस्थागत पुनर्संरचनाका क्रममा सरकारको स्वीकृति लिनका लागि पूर्व राष्ट्रपति लीकी साथीको गैरसरकारी संस्थालाई ३ करोड ६० लाख डलर चन्दा दिएको आरोप लीमाथि लगाइएको छ ।
लीका वकिलले सजायविरुद्ध पुनरावेदन गर्ने बताएका छन् ।
उपल्लो अदालतले सजाय रद्द गरेन भने लीले सामसुङ कम्पनीको नेतृत्व गर्न पाउने छैनन् । उनका पीता ली कुन हीलाई हृदयाघात भएपछि छोरा लीले २०१४ देखि सामसुङको नेतृत्व गर्दैआएका छन् ।