नेपाली काँग्रेस रसुवा काठमाडौँ सम्पर्क समितिले सम्मान कार्यक्रम गर्ने - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

नेपाली काँग्रेस रसुवा काठमाडौँ सम्पर्क समितिले सम्मान कार्यक्रम गर्ने



भदौ ३, काठमाडौँ ।

नेपाली काँग्रेस रसुवा काठमाडौँ सम्पर्क समितिले रसुवाबाट  एसइइ परीक्षा २०७४ मा A+ र A ल्याउने विद्यार्थीहरूलाई सम्मान गर्ने भएको छ ।

भाद्र १७ गते सम्मान एक कार्यक्रम गरी सम्मान गर्ने कार्यक्रम रहेको छ । सम्पर्क समितिका सभापति प्रेम पौडेलको अध्यक्षतामा बसेको बैठकले रसुवाबाट दुई श्रेणीमा उत्रिण विद्यार्थीहरूलाई आर्थिक छात्रवृत्ति र सम्मान गर्ने बताइएको छ ।

उक्त बैठकले बाढिपहिरो पीडितलाई प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग गर्ने निर्णय पनि गरेको छ ।

त्यस्तै उक्त बैठकले लामो समयदेखि काँग्रेसको राजनीतिमा लागिरहनु भएका जुझारु युवा नेता शैलेश पौडेललाई उपाध्यक्षमा निर्बिरोध मनोनयन गरेको सम्पर्क समितिका सचिव उत्तम पौडेलले जानकारी दिए ।