सम्मान तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

सम्मान तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न



जर्मनीका लागि नेपाली राजदूत महामहिम रमेश प्रसाद खनालको प्रमुख अतिथ्यमा एन आर एन ए जर्मनीले सम्मान तथा शुभकामना आदान प्रदान साथै जर्मनीमा रहेका विभिन्न सङ्घ संस्था एवम् एन आर एन ए जर्मनी का पदाधिकारीहरू बिच एक विशेष भेट्घाट अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। सङ्घका अध्यक्ष विजय मोक्तानको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल सरकार को भौतिक योजना तथा खेल कद परिषद् का सदस्य विजय बस्नेत, गैर आवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद् का संरक्षक एवं पूर्व अध्यक्ष श्री जिबा लामिछाने,संरक्षक राम प्रताप थाप, पूर्व संरक्षक दिल गुरुङ,उपाध्यक्ष कुमार पन्त,महिला उपाध्यक्ष सपिला राजभण्डारी,पूर्व महिला सम्योजक उशा शर्मा, युरोप क्षेत्रका युवा सम्योजक डा जयकृष्ण ठाकुर,अन्तर्राष्ट्रिय समन्वय परिषद् नेदरलाण्डका सदस्य हिमाल गुरुङ ,राष्ट्रिय समन्वय परिषद् निदरल्याण्ड का अध्यक्ष मनोहरी शर्मा, निर्वतमान बेल्जियमको अध्यक्ष गंगाधर गौतम र सहित नेपाल पर्यटन बोर्डका दूतका तथा जर्मनी निवासी गैर आवासीय नेपालीहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको छ।

एनआरएनए जर्मनीका अध्यक्ष विजय मोक्तानले सम्पूर्ण जर्मनी निवासी नेपालीहरूका बिच एकता आपसी सद्भाव कायम गदै सहकार्य र सहमतीका साथ अगाडी बढ्ने बताउदै गैर आवसीया नेपाली सङ्घ जर्मनीले स्वदेश तथा बिदेशमा रहने नेपालीहरूका लागि सामाजिक न्याय मानव अधिकार र नेपाल तथा नेपालीलाई संवृद्धि अभियानको रुपमा सबै नेपालीको साझा भएकोले संघको अभियानले कुनै भेदभाव नगरि सबैको सहमती र सहकार्यमा हाते मालो गर्दै काम गर्ने उनले बताए ।

गैर आवसिया नेपालीहरूको आभिभाबकको रुपमा रहेको नेपाली दुतावाससंग समन्वय र सहकार्य गर्दै नेपाल र नेपालीको हकहितका लागि अगाडि बढने जानकारी का साथमा संघले गरेका विभिन्न निर्णयहरु पनि सार्वजनिक गरका छन जुन यस प्रकार छ ।

१) एन आर एन ए जर्मनीले विद्यार्थीहरुको सहभागीतालाई मध्ये नजर गर्दै उत्कृष्ठ विद्यार्थीहरुलाई नगद पुरस्कार तथा सम्मान प्रमाण पत्र पुरस्कार प्रधान गर्नेछ। युवा तथा नयाँ पुस्ताका लागि प्रेरणा मुलक कार्यक्रमहरु गरिनेछ।

२)एन आर एन ए जर्मनीले बाल बालिकाहरुका निम्ती नेपाली भाषा कक्षा सन्चालनमा एनआरभेमा पहिलो पटक एन आर एन जर्मनी संपर्क कार्यालय सहित नेपाली भाषा कक्षा सन्चालनमा यही १४ जनवरी देखी सन्चालनमा आएको पनि जानकारी गराउदछ।

३) एन आर एन फुटबाल कप प्रतियोगिता कार्यक्रममा नेपाली दुताबास र HPRR को सहयोगमा यसपटक एक दिने नेपाल मेला सन्चालन गरिने छ। जुन यस बर्ष एन आर भे मा गरिने नेपाली सांस्कृतिक कार्यक्रम देखि नेपाली खानाको पनि ब्यबस्था गरिने तय भएकोछ यसलाई सफल बनाउन सबै क्षेत्रको सहभागी साथ सहयोग रहने छ भन्नेमा हामी विश्वसता छौ।

४)प्रत्येक महिना सबै क्षेत्रीय सम्योजक ज्युहरुसंग आपसी सदभाब पूर्ण सहयोग र समास्या बारे छलफलका निम्ती एक पटक साइबर बैठक गरिने छ।

५) एन आर एन ए जर्मनीको कार्यदलमा रहेर काम गर्न इच्छुक विभिन्न बिषयमा दख्खल राख्ने बिज्ञ देखी एन आर एन ए का अग्रजहरु लगाएत नेपाली सामजिक सघ संघठनहरु सित संपर्क गरी केन्द्रिय पदाधिकारीज्युहरुको सहयोगमा नाम सन्कलन गरि हामीलाई पठाउन हार्दिक अनुरोध गरिन्छ र संकलन भएको नाम लाई मुल्याङ्कन गरि हामी केही संरक्षक , सल्लाहकार मानार्थ सदस्य र कार्यदलमा मनोनित गर्न सकिने जानकारी गराउदछ।

६) दुताबासमा एन आर एन को डेकस को सुरुवात गर्न पहल गर्ने।

७) मार्च ७-११ बर्लिनमा हुने अाई टि बि कार्यक्रममा एन आर एन ए को बिषेश सहभागीता सहित दुतावास र HPRR को सहकार्यमा एक भब्य कार्यक्रम तयार समिति यथाशिग्र चयन गरि अन्य नेपाली समाजहरू सगं समन्बय गरि सफल बनाउन अहमभुमिका निर्भाह गरिनेछ।

८) आपत बिपतिमा चन्दा सन्कलन गरिदा अपार्दर्शिताको आवाज उठिरहेको र आवश्यक समयमा सम्बन्धित ठाउमा सहयोग पुराउने दिने हेतुले आगामी दिनमा अक्षकोष निर्माण गरि ब्यबस्थित गरिनेछ।

९) एक बैठक एक परोपकारी कार्यक्रम संचालनमा आएको सबैलाई जानकारी गराउदछु ।

महासचिव टंक लम्सालद्वारा संचालित कार्यक्रममा स्वागत मन्तब्य सङ्घका उपाध्य्क्ष मिलन पन्त ले गरेका थिए र अन्तर्कृयालाई सचिब राजेश सुनारले सघाएका थिए। कार्यक्रममा अल्जिय र सिल्भिय , किरण सुबेदी , ढुङ्हनको नाचले भरपूर्ण मनोरंजन दिएको थियो भने दिवा भोजको ब्यबस्थ लिटल बुद्ध म्युनिस्टरले गरेको थियो। अथितिलाई खाता तथा ब्याज वितरण महिला उपाध्यक्ष राधा सिग्देलको टोली निन्म्ममा राई , मेन्का त्रिम्याथएे , सुनिता थापाक्रन र करुना राई गरेका थिए।