गायिका सम्झना भण्डारीको तिजको कोसेली “हरियो बत्ती ”बजारमा (भिडियो सहित) - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

गायिका सम्झना भण्डारीको तिजको कोसेली “हरियो बत्ती ”बजारमा (भिडियो सहित)



समीर प्रकाश पाण्डे

संङ्गीतिक बजार तिजका गीतहरू एक पछि अर्को आउने क्रम बढ्दो छ यसै क्रममा पछिल्लो समय लोक दोहोरी क्षेत्रमा चर्चामा रहेकी गायिका सम्झना भण्डारी र गायक पशुपति शर्माको आवाजमा फेरी अर्को तिज गीत बजारमा आएको छ । हालै मात्रै रिलिज गरिएको गीत बत्ती बाल्न पर्दैन भाग २ “ हरियो बत्ती ” यति बेला चर्चामा आएको छ ।

लोक दोहोरी गायक पशुपति शर्मा र गायिका सम्झना भण्डारीको आवाजमा रहेको गीतमा शब्द सङ्गीत गायक पशुपतिले न‌ै गरेका छन् । यस्तै भिडियोमा गायक तथा मोडल प्रकाश सपुत र अन्जली अधिकारीको अभिनय तथा नित्य देख्न सकिन्छ । भिडियोलाई करन चैसिरको छायाङ्कनमा प्रकाश भट्टले निर्देशन गरेका छन् भने विष्णु शर्माको सम्पादन रहेको छ । गीत सम्झना भण्डारीको प्रस्तुतिमा पृथ्वी ईन्टरटेनमेन्टले बजारमा ल्याएको हो ।