२०७५ असार ९, शनिबार

संविधान मिचेर न्यायाधीश नियुक्त

June 14, 2018
27 Views
Spread the love
  • 4
    Shares

काठमाडौं । संविधानको मर्म विपरित न्याय परिषद्ले परीक्षा प्रणालीबाट आएका १६ जना जिल्ला न्यायाधीश नियुक्ति सिफारिस गरेको पाइएको छ । परिषद्ले संविधानको धारा १ सय ४९ (क) लाइ मिचेर (ख) र (ग) बमोजिम न्यायाधीश नियुक्ति गरेको खुलेको हो ।

संविधानको धारा एक सय ४९ (ख) वमोजिम १३ जना र (ग) वमोजिम ३ जना न्यायाधीश नियुक्ती भएको न्याय परीषद् सचिवालयले जनाएको छ । न्याय सेवा आयोगले संविधानको धारा एक सय ४९ (ख) र (ग) मा उल्लिखित उम्मेद्धारहरुको लागि परिक्षा लिएको थियो ।

संबिधानको धारा १४९ को २ (क) मा रिक्त पदमध्ये बीस प्रतिशत पदमा कानूनमा स्नातक उपाधि प्राप्त गरी न्याय सेवाको राजपत्रांकित द्वितीय श्रेणीको पदमा कम्तीमा तीन वर्ष काम गरेका अधिकृतहरूमध्येबाट ज्येष्ठता, योग्यता र कार्यक्षमताको मूल्यांकनको आधारमा न्यायाधीश नियुक्ती गरिने उल्लेख छ ।

तर परिषद्ले क बमोजिम रहेका आठ जना न्याय सेवाको राजपत्रांकित द्वितीय श्रेणीको पदमा कार्यरतलाइ मिच्दै ‘ख’ र ग बमोजिम न्यायाधीश नियुक्त गरेको खुलेको छ ।

सर्वोच्च अदालतका पूर्व न्यायाधीश बलराम केसीले मर्यादाक्रम नमिची न्यायाधीश नियुक्ती गरिनुपर्ने बताउँदै भने,– ‘मर्यादाक्रम मीचेर अरुहरुलाइ निराश पार्नु हुँदैन थियो । यसमा अन्याय भएकै छ ।’

संबिधानको धारा १४९ को २ (ख) मा रिक्त पदमध्ये चालीस प्रतिशत पदमा कानूनमा स्नातक उपाधि प्राप्त गरी न्याय सेवाको राजपत्रांकित द्वितीय श्रेणीको पदमा कम्तीमा तीन वर्ष काम गरेका अधिकृतहरूमध्येबाट खुला प्रतियोगितात्मक परीक्षाको आधारमा नियुक्ती गरिने उल्लेख छ ।

यस्तै, (ग) मा रिक्त पदमध्ये बाँकी चालीस प्रतिशत पदमा कानूनमा स्नातक उपाधि प्राप्त गरी अधिवक्ताको रूपमा निरन्तर कम्तीमा आठ वर्ष वकालत गरेका, कानूनमा स्नातक उपाधि प्राप्त गरी न्याय सेवाको राजपत्रांकित पदमा कम्तीमा आठ वर्ष काम गरेका वा कानूनको अध्यापन, अन्वेषण वा कानून वा न्याय सम्बन्धी अन्य कुनै क्षेत्रमा निरन्तर कम्तीमा आठ वर्ष काम गरेका नेपाली नागरिकमध्येबाट खुल्ला प्रतियोगितात्मक परीक्षाको आधारमा न्यायाधीश नियुक्त गर्ने संवैधानीक व्यवस्था छ ।

परिषदको बैठकले उत्तीर्ण भएका १६ जनालाई जिल्ला न्यायाधीशमा नियुक्त गरेको हो । यसरी नियुक्त हुनेमा आन्तरीक प्रतिष्पर्धाबाट कुलप्रसाद पाण्डे, नन्दकिशोरप्रसाद यादव, सुमनकुमार न्यौपाने, प्रमेश पोख्रेल, ईश्वरीप्रसाद भण्डारी, रामप्रसाद बस्याल, सन्तोषप्रसाद पराजुली, केदारनाथ पौडेल, आत्मदेव जोशी, मनोज श्रेष्ठ, हरीकृष्ण श्रेष्ठ, विश्वनाथ भट्टरार्इ र रोमनाथ अधिकारी हुन् । उनीहरु संबिधानको धारा १४९ को २ ९ख० बमोजिम नियुक्त भएका हुन् ।

यस्तै खुल्लाबाट संबिधानको धारा १४९ को २ ९ग० कमला पौडेल, तेजबहादुर खड्का र दिलिपराज पन्त न्यायाधीशमा नियुक्त भएका हुन् । संबिधानको धारा १ सय ४९ को २ अन्तर्गत ९क०अनुसार न्यायाधीश पदमा नियुक्त हुन नसक्दा आठ जना सिनियर उपसचिबहरु तनाबमा छन् ।

यसरी प्रतिस्पर्धामा आउनबाट बञ्चीत हुनेहरुमा राजस्व न्यायाधीकरणमा कार्यरत एक जना, सर्वोच्च अदालतमा कार्यरत एक जना, उच्च अदालत पाटनमा कार्यरत एक जना, उच्च अदालत ओखलढुंगामा कार्यरत एक जना रहेका छन् ।

निर्णय एउटा काम अर्कै
यसअघि संविधानको धारा १४९ ख बमोजिम जिल्ला न्यायाधीशको परिक्षा लिने बेलामा न्याय सेवा आयोगको बैठकले न्यायाधीश नियुक्त गर्दा क को व्याख्या अनुसार गरिने निर्णय गरेको थियो ।

तत्कालिन प्रधानन्यायाधीश गोपाल पराजुलीको अध्यक्षतामा बसेको आयोगको बैठकले यस्तो निर्णय गरेको थियो । उक्त आयोगमा वर्तमान कामु प्रधानन्यायाधीश दीपकराज जोशी पनि थिए ।

समाचार स्रोतले दावी गर्यो–‘तर कामु प्रधानन्यायाधीश जोशीले बाह्य दबाबमा परिक्षाबाट मात्रै आएका १६ जनालाई मात्रै नियुक्तिको सिफारिस गरेपछि जिल्ला न्यायाधीशका लागि योग्य अरु व्यक्ति निराश बनेका हुन् । (नेपाल समाचारपत्र दैनिकबाट)

Facebook Comments
  • 4
    Shares

You may be interested

विश्वकप: १८ मिनेटमै ३ गोल, बेल्जियम २- ट्युनिसिया १
खेलकुद
0 shares9 views
खेलकुद
0 shares9 views

विश्वकप: १८ मिनेटमै ३ गोल, बेल्जियम २- ट्युनिसिया १

himal post - २०७५, ९ असार १८:१७

विश्वकप फुटवलमा अहिले भैरहेको ट्युनिसिया र बेल्जियमको खेलमा सुरुको १८ मिनेटमै तीन गोल भएको छ । समूह जी को यो…

शिक्षक महासंघ बर्दगोरियाले १७ बुदे माग सहित स्थानीय सरकारलाई बुझायो ज्ञापनपत्र
समाचार
0 shares13 views
समाचार
0 shares13 views

शिक्षक महासंघ बर्दगोरियाले १७ बुदे माग सहित स्थानीय सरकारलाई बुझायो ज्ञापनपत्र

विशाल पाण्डेय - २०७५, ९ असार १८:१०

गोविन्द बीसी / बौनिया,कैलाली । नेपाली शिक्षकहरुको पेसागत साझा संगठन नेपाल शिक्षक महासंघ बर्दगोरियाले ज्ञापनपत्र बुझाएको छ । विभिन्न १७…

जोशिपुर गाउपालिकालाई कृषिबाट नमुना बनाउछु : अध्यक्ष चौधरी
समाचार
0 shares11 views
समाचार
0 shares11 views

जोशिपुर गाउपालिकालाई कृषिबाट नमुना बनाउछु : अध्यक्ष चौधरी

विशाल पाण्डेय - २०७५, ९ असार १७:३९

मंगल बास्कोटे / लम्की ,कैलाली । नेपाल कृषि प्रदान देश भन्ने कुरालाई एउटा भनाईमा मात्र सिमित नगरि प्रभाणीत गरेर देखाउने…