समानुपातिकमा पनि एमाले पहिलो - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

समानुपातिकमा पनि एमाले पहिलो



काठमाडौं–

प्रतिनिधिसभा र प्रदेशसभातर्फको मतगणना सम्पन्न भएका जिल्लाहरुमा समानुपातिक तर्फको मतगणना सुरु भएको छ । विभिन्न जिल्लाको समानुपातिकको परिणाम समेत आउन थालेको छ ।

आयोगले दिएको पछिल्लो अपडेटअनुसार एमालेले सामान्य अग्रता लिएको छ । एमालेको ७४ हजार ५ सय ४० मत छ भने कांग्रेसले ७१ हजार १ सय मत ल्याएको छ ।

त्यस्तै माओवादी केन्द्रले ३० हजार ३ सय ६२ मत ल्याएको छ ।
नयाँशक्तिले ५२ सय ५१, राष्ट्रिय जनताले पार्टीले ३४ सय ८५ तथा राप्रपाले २४ सय मत ल्याएको छ । विवेकशिल साझाको ८ सय ५८ मत छ  ।