समानुपातिकमा एमाले, कांग्रेस र माओवादीकै बर्चश्व - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

समानुपातिकमा एमाले, कांग्रेस र माओवादीकै बर्चश्व



काठमाडौं ।

प्रतिनिधिसभामा अग्रता लिएको नेकपा एमालेले समानुपातिकमा पनि अग्रता लिएको छ ।

बुधबार बिहान ११ बजेसम्म ५६ लाख ९ हजार ४९४ मत गनिसकिएको छ । जसमा एमालेले १९ लाख ६६ हजार मत प्राप्त गरी अग्रस्थान ओगट्न सफल भएको छ । त्यस्तैगरी नेपाली कांग्रेसले १८ लाख ७६ हजार ६९ मत प्राप्त गरी एमालेलाई पछ्याइरहेको छ । माओवादी केन्द्रले पनि ७ लाख ६० हजार १२७ मत ल्याएको छ ।

१ लाख २२ हजार ३१५ मत ल्याई विवेकशील साझा पार्टीले चौथो स्थानमा रहेको छ । बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपालले ५५ हजार ८१५ मत ल्याएको छ ।