समानुपातिकमा पनि काँग्रेसको बिजोग - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

समानुपातिकमा पनि काँग्रेसको बिजोग



काठमाडौं

समानुपातिक मतपरिणाममा पनि नेपाली काँग्रेसको मत एमालेको भन्दा कम आएको छ ।

समानुपातिकतर्फ १ सय १० सिटका लागि भएको निर्वाचनको मतगणना विभिन्न जिल्लामा जारी छ।

पछिल्लो गणना अनुसार, समानुपातिकतर्फ पनि नेकपा एमाले नै अग्रस्थानमा देखिएको छ। एमालेले ३ लाख १० हजार २९ मत पाएको छ। दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले ३ लाख ७ हजार ७ सय १३ मत पाएको छ।

तेस्रोमा १ लाख ४७ हजार ७ सय ७८ मतसहित माओवादी केन्द्र रहेको छ। चौथो स्थानमा राजपा नेपाल छ। उसले २२ हजार १ सय ८१ मत पाएको छ। राजपापछि विवेकशील साझा पार्टी छ। पाँचौं नम्बरमा रहेको विवेकशीलले १५ हजार २९ मत पाएको छ।

१२ हजार ७ सय १३ मत पाएको संघीय समाजवादी फोरम छैटौं स्थानमा छ। यस्तै, राप्रपाले १२ हजार ४ सय १९ मत पाएको छ। राप्रपापछि नयाँ शक्ति पार्टीको ९ हजार ६ सय २४ मत छ।

राप्रपा प्रजातान्त्रिकले ६ हजार ३ सय र राष्ट्रिय जनमोर्चाले ५ हजार ४ सय ४२ मत पाएका छन्। अन्य पार्टीले १ हजार ८ सय १२ मत पाएका छन्।