सकारत्मक सोंचको विकास गरौ ,बामगठबन्धनलाइ भोट हालौ ! - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

सकारत्मक सोंचको विकास गरौ ,बामगठबन्धनलाइ भोट हालौ !



-विनोद खनाल 

विदेशी भूमि ,कोरियामा जस्तो देशमा रहेर दैनिक बाह्र तेह्र घण्टाको डिउटीको आलावा पनि देशको राजनीतिमा चासो राख्नुलाइ सकारात्मक रूपमै लिनु पर्दछ। जुन बाम बामगठबन्धनको बारेमा प्रश्न उजागर भयो त्यसलाई विभिन्न तरिकाले थप विश्लेषण गर्नु पर्ने देखिन्छ ।

हो, इतिहासको पाना फर्काउदा कमरेड प्रचण्ड र कमरेड केपि ओलीको स्थिति तपाईँकै शब्दमा पानी बाराबारको अवस्था देखिन्छ।तर राष्ट्रिय राजनीतिलाई केही दशक यता नजिकबाट नियाल्ने हो भने लगभग लगभग कमरेड प्रचण्ड र केपि बलि कै सेरोफेरोमा घुमिरहेको पाइन्छ । के कुनै पनि धुर्बिकरणलाइ एकीकरण गरिनु अन्याय हुन जान्छ र ? के कार्यगत एकता हुँदै पार्टिगत एकता गरी स्थिरता सहित दीर्घकालीन योजनाको परिकल्पना गर्नु राष्ट्र र राष्ट्रियता विपरीत हुन आउँछ ? के हिजो बिहान पानी बाराबार भएका नेताहरू मिल्नु र सहकार्य गरिनु हुँदैन भन्ने कोही वेद पुराण वा संविधानमा अंकित छ र ? यी र यस्ता यावत प्रश्न तपाईँमा मात्र होइन धेरैको मनमा उब्जिन सक्छ्न तर हामी सबैले सकारात्मक सोचको विकास गरी सहमति सहकार्य गरी काम गर्ने शक्तिलाई बढवा दिनु असल नागरिकको कर्तव्य पनि हुन आउँछ ।

गतिशील समयमा समयको दौडान सँगै धेरै कुराहरूको उतारचढाव आउँछ र आउनु स्वभाविक नै हो।कुनै कालखण्डमा त्यस्तो पनि भए होला तर जहिले पनि राजनीतिमा हुने उतारचढावलाई प्रभुको इसारा वा बाह्य शक्तिको दबाब भन्ने यो हाम्रो पुरातनबादि सोच हो।कम्तीमा हिजो पानी बाराबार भएका नेता एउटै मन्चमा उभिनु हामी र हाम्रो लागि गौरवको कुरा हो।आर्को कुरा बामगठबन्धनले प्रजातान्त्रिक शक्तिलाई पनि पाठ सिकाएको छ जसले गर्दा धेरै दल वा पार्टीबाट कार्यकर्ता वाक्क हुने दिनको अन्त्य हुनेछ।यसक लागि पनि कमरेड केपि ओली  र प्रचण्डलाई मनै देखि धन्यवाद दिनु पर्छ भन्ने ठान्दछु ।

कार्यगत एकता हुँदै पार्टिगत एकता हुनु भनेकै बिचार सिद्धान्त वा भावी कार्ययोजना एउटै हुनु हो एस्मा दुइमत छैन । बिचार र सिद्धान्त मिल्ने शक्तिको मात्र कार्यगत एकता र पार्टी एकता हुने हो । इतिहासलाई सम्झेर र इतिहासका कमिकजोरीलाइ औल्याउँदै नयाँ पाठ सिक्ने हो।माओवादीले के गर्‍यो वा एमालेले के गर्‍यो भन्दा पनि अब के गर्ने भन्नेमा बहस छलफल सहित निष्कर्ष निकालिनुले राष्ट्रलाई अनिर्णयको बन्दीबाट एक कदम अगाडि बढाउन मद्दत गर्ने छ।

दस बर्से जनयुद्ध जायज थियो थिएन त्यता तर्फ धेरै चर्चा नगरौ किनकि केही अपराध जन्य  काम भए होलान् तथापि समावेशी धर्मनिरपेक्षता गणतन्त्र हुँदै संविधान सभाबाट संविधान घोषणा गरिनु यो कुनै चानचुन कुरा थिएन किनकि गिरिजाबाबुले ०६२/०६३को जनआन्दोलन पछि पनि बेबि किङ नभनेका होइनन। बामगठबन्धन हुदैमा इतिहासमा माओवादीले गरेका सबै काम चित्त बुझेहोलान भन्ने प्रश्न होइन किनकि इतिहासका गल्तीलाइ सच्याउदै भविष्यको दिशा निर्दिष्ट गर्नको निम्ति एकता गरिएको हुन्छ ।

बेलाबखत कसले के आरोप प्रत्यारो लागयो भन्ने कुरा गौण हो।उधृत  गरिएको मुख्य   कुरा के छ भने बाम गठबन्धन के को लागि ? केवल प्रतिनिधि सभा र प्रदेश सभाको चुनावमा बहुमत ल्याएर तालाचाबी आफ्नो मुठ्ठीमा पार्न मात्र त होइन ? यो शङ्का उब्जिनु स्वभाविक हो किनकि इतिहासबाट नेपाली जनता  आजित भैसकेका छ्न।आशा गरौँ यो हुनेछैन र समृद्ध नेपालको निम्ति बामगठबन्धनले जन्ताको विश्वास जिति दसकौ वर्ष नेतृत्व गर्न पाउनेछ।प्रचण्डको स्विजरल्याण्ड, केपिको पानीजहाज लगायत हावाबाट बिजुली बेरोजगारिको अन्त्य सबै उखानहरु एथार्थमा परिणत हुनेछ्न।बाध्यताले बिदेसियका युवाहरूको शख्यामा कमी आउनेछ।शिक्षा स्वास्थ कलकारखानाको राम्रो प्रबन्ध हुनेछ।एसको लागि केवल सकारात्मक सोचको विकास गरौँ स्थिरताको निम्ति एक पटक बामगठबन्धनलाइ भोट हालौ ।

यहाँ धेरै ठाउँमा धेरै पटक उठाउने गरिन्छ।त्यो सत्र हजारको बलिदान के को लागि कसको निम्ति? के हजारौँ बालबच्चा टुहुरा बनाएर,के हजारौँ महिलाको सिन्धुर पुछेर के हजारौँ बुवाआमाको काख खोसेर परिवर्तन सम्भव थियो? भनेर विशेष त बाबुराम भट्टराई र प्रचण्डलाई यी यावत प्रश्न माथि प्रश्न थुपारिएको पाइन्छ।हुन त हिंसात्मक गतिविधि कुनै राज्यको निम्ति मान्य हुँदैन र तेस्ले राज्यलाई तहस नहन पुर्याउदछ तर माथि भनिएका धर्मनिरपेक्षता समावेशी गणतत्न्त्र जस्ता परिवर्तन गुलेली पट्काएको भरमा आएका त पक्कै होइनन । त्यसैले द्वन्द्वकालमा जे जति घट्ना भए तिनको राज्यले एथोचित मूल्याङ्कन गरी सम्मान गरिनु पर्छ।कसैको सिंधुर पुछिए पनि अधिकार खोसिनु हुँदैन।कसैको बुवाआमा खोसिएर टुहुरो भए पनि राज्याबाट टुहुरो हुनु भएन कसैको बुढेसकालको साहरा खोसिए पनि राज्यले साहरा दिनु पर्‍यो । जसले गर्दा त्यो दस बर्से जनयुद्ध पनि ठिक रहिछ भन्ने जन्तामा महसुस हुनेछ l इतिहासमै पहिलो पल्ट विकास र समुन्नत नेपालको निम्ति नेपाली जनतलाई लाई अवसर दिएको छ । अवसरलाई सही सदुपयोग गरी बाध्यताले बिदेसिनु पर्ने छोरा नातिको अन्त्य गरौँ । स्थिरता सहित परिवर्तनको छ्ल्याङ ल्याउनेलाइ रोजौ ।

अन्त्यमा प्रचण्ड केपिलाई खुल्ला पत्र मार्फत प्रश्न तेर्याउनेको चिन्ताको विषय समृद्ध नेपालको सपना सपनामै सीमित हुने हो कि ? बाम एकता चुनावको लागि मात्र हो कि ? काले काले मिलेर खाउ भालेको अर्थ पो हो कि भन्ने नै हो । आशा गरौँ अब त्यस्तै हुने छैन । सकारात्मक टिकाटिप्पणि गर्दै एक असल नागरिकको भूमिका निर्भाह गरौँ । परिवर्तन सम्भव छ हाम्रै पालामा ।

उल्लेखित लेखकको नितान्त व्यक्तिगत विचार हो ।