अर्घाखाँचीका मतदाता भन्छन; आशाको एकमात्र केन्द्र विवेकशील साझा - Himal Post Himal Post
  • ४ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 16 2024
Logo

अर्घाखाँचीका मतदाता भन्छन; आशाको एकमात्र केन्द्र विवेकशील साझा



अर्घाखाँची : विवेकशील साझा पार्टी अर्घाखाँचीले मंगलबार जिल्लाका विभिन्न स्थानमा भेटघाट कार्यक्रम सम्पन्न गरेको छ ।

चुनावलाई प्रभावकारी बनाउन दुई समूह बनाएर अभियान शुरु गरेको पार्टीले जिल्लाको भुमिकास्थान नगरपालिका र छत्रदेव गाउँपालिकाका विभिन्न स्थानमा भेटघाट सम्पन्न गरेको हो ।

भुमिकास्थानको धारापानी ढाकावाङ र छत्रदेवको चिदिका छत्रगन्ज लगायतका स्थानमा भेटघाट सम्पन्न गरेको पार्टीले जनाएको छ ।
भेटघाट कार्यक्रममा देशको पटक पटक नेतृत्व गरेका राजनितिक दल र नेताहरु सत्तालिप्सामा केन्द्रित भएको र कमाउ धन्दामा लागेको भन्दै मतदाताहरुले आफुहरुको आशाको एकमात्र केन्द्र विवेकशील साझा पार्टी रहेको बताएका थिए ।