देशको विकास र निकास नेपाली काँग्रेसको सरकार बनेमात्र सम्भव - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

देशको विकास र निकास नेपाली काँग्रेसको सरकार बनेमात्र सम्भव



सैनामैना ७ असार

सैनामैनामा पनि चुनावी अभियानले तीव्रता पाएको छ । मंगलवार नेपाली काँग्रेसले सैनामैनाका विभिन्न वडामा घरदैलो तथा कोण सभा गरेको छ । कोण सभामा क्षेत्र नं ५ सांसद समेत रहनु भएका माननीय सांसद भरत कुमार शाहले देशको विकास र निकास नेपाली काँग्रेसको सरकार बनेमात्र सम्भव रहेको बताउदै स्थानीय स्तरको विकासका लागि नेपाली काँग्रेसलाई विजयी बनाउन सबैलाई आग्रह गर्नु भएको थियो ।

सैनामैना वडा नं ९ को कुमारकट्टी, भड्छी, वासगढी, संगमटोल, वडा नं ५ को वक्सडमा, वडा नं ६ को दुधराक्ष गाउमा भएको कोण सभालाई सम्बोधन गर्दै शाहले अव विपक्षीले दलहरुले के गरे भन्दा पनि आफूले के गर्ने भन्ने कुरामा सवै सचेत हुनु पर्ने र फोस्रा भाषणका पछाडी नलागी समृद्ध सैनामैनाको विकासका लागि काँग्रेसको पक्षमा मतदान गरी जिताउन सबैलाई आग्रह गर्नु भएको थियो ।

मेयरका उम्मेदवार फणिन्द्र प्रसाद शर्मा तथा उपमेयरका उम्मेदवार लक्ष्मी चौधरी थारु सहित वडाका वडा अध्यक्ष र सदस्यहरुको सहभागितामा आयोजना गरिएको घरदैलो पछिको कोण सभामा मेयरका उम्मेदवार शर्माले सैनामैनामा व्यवस्थित वसोवास, युवा स्वरोजगारीको सृजना, स्वच्छ र सफा नगरको परिकल्पना, उत्पीडित, पिछडा वर्ग, महिला, अपाङ्ग तथा समग्र नगरवासीको उत्थानको अभिभारा सहितको गुरु योजना नेपाली काँग्रेससंग रहेको बताउनु भयो ।

उहाँले जितको ६ महिना भित्र नगरमा नगर बस सञ्चालन गर्ने र १ वर्ष भित्रमा सैनामैनालाई स्वच्छ सरसफाइ युक्त नगरको रुपमा विकास गरेर देखाउने र ५ वर्ष भित्रमा अव्यवस्थित वसोवासलाई व्यवस्थित गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।त्यसै गरी उपमेयरकी उम्मेदवार चौधरीले नारी हकहितका पक्षमा आफू खम्वा बनेर उनीहरुका आवश्यकता र सामाजिक समस्याको विरुद्धमा लड्ने र महिला स्वरोजगारी, समान प्रतिनिधित्वका लागि आºनो उम्मेदवारी रहेको बताउदै जित संगै समग्र सैनामैनाको विकासमा आफू लागि पर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो ।

विभिन्न स्थानमा गरिएको कोण सभामा वडाका अध्यक्ष, सदस्यहरुले समेत सम्बोधन गर्दै आºना प्रतिवद्धता व्यक्त गर्दै जितका लागि सबै मतदानको आवश्यकता रहेको र वडा देखि नगरको विकासका लागि नेपाली काँग्रेसको जित अपरिहार्य रहेको धारणा राख्नु भएको थियो ।
भरदैलो कार्यक्रममा नगर सभापति रामप्रसाद अधिकारी, उपसभापति गुरुप्रसाद पराजुली लगायत नगर कमिटिका पदाधिकारीहरु, तरुण दलका पदाधिकारहिरु तथा सयौको सङ्ख्यामा कार्यकर्ताहरुको सक्रिय सहभागिता रहेको थियो ।