२ बर्ष पढाएपछी, मासिक तलब २ हजार - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

२ बर्ष पढाएपछी, मासिक तलब २ हजार



गणेश पोख्रेल
सैनामैना । बिद्यालयमा शिक्षण गर्दा २ बर्ष अवधी सम्म तलब लिएनन् । लार्खौ खर्चिएर प्राप्त गरेको सिप क्षमता निशुल्क प्रदान गर्न उद्धर रहे ।
रुपन्देहीको शुद्धोधन गाउँपाली स्थीत जनता आधारभुत बिद्यालयमा निजि कोटामा रहेका शिक्षकहरुको तलब हाल २ हजार देखि ६ हजार सम्म छ । यहाँ ५ जना शिक्षक निजि कोटामा छन् ।

जसमा २ जना २ हजार, १ जना ३ हजार, १ जना ५ हजार र अर्को १ जनाको तलब ६ हजार तोकिएको छ । तर, गएको जेष्ठ महिनादेखि हालसम्म उनिहरुले यो तलब पनि पाउँन सकेका छैनन् । बिद्यालयकी प्रद्यानाध्यापक उर्मिला चौधरीले भनिन् जिल्ला बाट अनेक शिर्षक आउने रकम नआएकाले यो अवस्था भएको हो ।

कक्षा ८ सम्म गणित बिषय पढाउने शिक्षिका गिता पौडेल उनी ४ महिना बढि निशुल्क रुपमा पढाएपछी २ हजार तलब लिने सहमतिमा बिद्यालयमा रहेकी छन् भने, प्राबि तहमा शिक्षण गर्दै आएकी सविता थारु ५ महिना निशुल्क रुपमा पढाएपछी हाल २ हजार तलब लिदै आएकी छन् ।

१० देखि ४ बजेसम्म बिद्यालयमै समय खर्चिने यि सिपयुत्त शिक्षक शिक्षिकाहरु मध्ये सबैभन्दा लामो समय शिक्षण गरेका राज कुमार पाण्डे हुन् । उनि २०६३ साल साल देखि यस बिद्यालयमा बालकक्षा हुदै शिक्षण गर्दै आएका हुन् । उनले सुरुका २ बर्ष बढी अवधी बिद्यालयबाट कुनै रकम लिएनन् । २ बर्षपछी तलबका नाममा ५ सय हुदै ११ बर्ष पढाएका शिक्षक राज कुमारको तलब अहिले ६ हजार पुगेको छ । उनी हाल बिज्ञान बिषय पढाउछन् ।

अग्रेजी बिषय शिक्षक बिरेन्द्र चौधरीले पनि ८ बर्ष बढि समय ब्यतित गरे । तर, उनको मासिक तलब ५ हजार छ, उनी पनि १ बर्ष बढि सयम निशुल्क रुपमा बिद्यालयमा पढाएका हुन् ।अग्रेजी, बिज्ञान, गणित बिषय शिक्षक मात्रै होइन नेपाली बिषय पढाउने भगवती मराासिनीको अवस्था पनि उस्तै हो । १ बर्ष निशुल्क पढाएकी भगवती ५ बर्ष बढि समय यस बिद्यालयमा अध्यापनरत छिन् उनको मासिक तलब हाल ३ हजार छ ।

चिन्ताजनक अवस्था, जहाँ सिप छ, जहाँ बालबालिकाले धेरै सिक्ने अवसर पाएका तर त्यहाँ सिपको कदर छैन । यसरी निशुल्क रुपमा पढाउदै आएका शिक्षक शिक्षिकाहरु भने आक्रोसित देखिदैनन् । यो अनौठो अवस्था हो । उनिहरु भन्छन्ः– ‘गाउँको स्कुल हो, हामीले बनाउनुपर्छ, हामीले पढाएनौ भने हाम्रा बालबालिकाको भबिष्य के होला ? त्यसैले पैसा नभएपनी उनिहरुको भबिष्यलाई हेरेर हामीले पढाउदै आएका छौ ।’

निशुल्क पढाउदै आएका शिक्षकहरु सेवा सुबिधा नपाएको बिषयमा भन्छन्– ‘जिल्ला शिक्षा कार्यलयमा अधिकार हुँदा हामीले खर्च पाएनौ तर, अहिले गाउँपालीका बनेको छ । हाम्रो पनि परिवार चलाउने पर्ने पक्कै हेरिन्छ होला । तपाईहरुलाई तलब दिन पहल गर्छौ भन्नुभाछ मेयर साबले । उनिहरु आशा गरीरहेका छन् ।’
बिद्यालयकी प्रद्यानाध्यापक उर्मिला चौधरीले भने ‘आफ्नो तलबबाट अरु शिक्षकहरुलाई तलब दिएर सहयोग गर्ने गरेको भन्दै शिक्षकहरुमा कुनै मतभेद नभएको निजि श्रोतका शिक्षकहरु भन्छन् ।’
भर्खरै गाउँपालीकामा जिम्मेवारी पाएका जनप्रतिनिधीहरु अहिले अध्ययन मै ब्यस्त छन् । गाउँपालीकाका यि यस्तै समस्या टिप्दै हिडिरहेका छन् । तर, समस्यामा मलम लागउन भने निकै कठिनाई भएको छ ।
यस गाउँपालीकाका अध्यक्ष किशुन चन्द चौधरीले यस बिद्यालयमा देखिएको समस्या सुल्झाउन पहल गर्ने बताएका छन् । शिक्षा कार्यालयबाट पुर्ण अधिकार गाउँपालीकामा आउन ढिलाई भएको र आफुुहरु शिक्षाका लाग माथिबाटै बजेट आउने आशामा रहेकाले ढिलार्ई भएको उनले बताए ।

गाउँपालीका भित्रका सम्पुर्ण बिद्यालयको अवस्थाबारे तथ्याकं संकलन भइरहेकाले समग्र शैक्षिक समस्या हटाउने खालका कार्यक्रम गर्न लागि परेको अध्यक्ष चौधरीले बताए ।