साहित्यतर्फको नोबेल पुरस्कारअमेरिकी गायक बब डिलनलाई - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

साहित्यतर्फको नोबेल पुरस्कारअमेरिकी गायक बब डिलनलाई



२७ असोज, काठमाडौं । सन् २०१६ को साहित्यतर्फको नोबेल पुरस्कार चर्चित गायक तथा गीतकार बब डिलनलाई दिइने भएको छ । नोबेल समितिले अमेरिकी संगीतलाई नयाँ आयाम दिएको भन्दै नोबेल पुरस्कार समर्पण गर्ने निर्णय गरेको हो ।

सम्भवतः कुनै गीतकारलाई उसकै गीतकै लागि नोबेल पुरस्कार दिइएको यो पहिलोपटक भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । यसअघि गीतका लागि कविलाई नोबेल पुरस्कार दिइएको थियो । तर, डिलन भने गीतको पुरै दुनियाँ लागि धेरै लोकप्रिय छन् ।

उनले ‘मिस्टर टेम्बोरेन म्यान’ देखि ‘लाइक ए रोलिङ स्टोन’, ‘ब्लोइङ इन द विन्ड’ र ‘द टाइम्स दे आर चेन्जिङ’ सम्मका गीत उनैले लेखेका हुन् ।
६० को दशकमा गिटार र माउथआर्गनको साथमा संगीत दुनियाँमा आएका बब डिलनलाई लोक गीतको रकस्टार पनि भनेर चिनिन्छ । उनी अमेरिकामा मात्रै होइन, विश्वभर नै चिन्तित छन् ।