साहित्यकार अनुपम रोशीको चौथौ कृति ‘मध्यान्तर’को विमोचन - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

साहित्यकार अनुपम रोशीको चौथौ कृति ‘मध्यान्तर’को विमोचन



काठमाडौं । तीन ओटा उपन्यास बजारमा ल्यायी सकेकी साहित्यकार अनुपम रोशीको चौथौ कृति ‘मध्यान्तर’को विमोचन भएको छ । उपन्यासमा कलम चलाउने रोशीको चौथो कृतिका रूपमा कथा सङ्ग्रह बजारमा आएको हो ।

कृतिको विमोजन साहित्यकार माया ठकुरी, युग पाठक, डा. रजनी ढकाल, केशब सिग्देल र रोशीले संयुक्त रूपमा विमोचन गरेका छन् ।

कार्यक्रममा बोल्दै कथाकार ठकुरीले रोशीको कथा लेख्ने शैली र भाषा निकै बलियो रहेको बताएकी छन् । यस्तै समीक्षक पाठकले रोशीका कथाहरू परम्पराभन्दा भिन्न र शक्तिशाली रहेको बताए ।

कुमारी आमा, नाङ्गो मान्छे र कालो छाया गरी तीन उपन्यास बजारमा ल्यायी सकेकी रोशीले आगामी दिनमा पनि आफु साहित्यमै समर्पित हुने बताएकी छन् । पुस्तक बिएन पुस्तक संसारले बजारमा ल्याएको हो ।