मिर्गौला पिडितलाई अर्घाखााँची सम्पर्क समिति युएईद्वारा आर्थिक सहयोग - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

मिर्गौला पिडितलाई अर्घाखााँची सम्पर्क समिति युएईद्वारा आर्थिक सहयोग



भदौ ११, अर्घाखाँची

दुवै मिगौलाले काम गर्न छोडेपछि जीवन मरणको दोसाँधमा उपचाररत जिल्लाको मालारानी गाउँपालिका वडा नं. ४ खन निवासी पिताम्वर खनालको उपचारको लागि  अर्घाखााँचीका सम्पर्क समिति युएईद्वारा संकलित एक लाख रुपियाँ आज बिरामीका आफन्तलाई हस्तान्तरण गरिएको हो ।

रकम अर्घाखाँची सम्पर्क समितिका महासचिव घनश्याम ज्ञावालीको पहलमा अर्घाखाँची सम्पर्क समिति युएईले सञ्चालन थियो ।
अर्घाखाँची सम्पर्क समिति युएइको संयोजनमा सङ्कलन भएको रकम बिरामीकी बहिनी अस्मिता खनाललाई हस्तान्तरण गरिएको हो । सन्धिखर्कमा अनौपचारिक कार्यक्रमका बिच समाजसेवी कृष्ण खनाल, नेपाली काँग्रेसका नेता विष्णु प्रसाद भुसाल, पत्रकार सहयोगी विसी, प्रेम आचार्य, अर्जुन भुसाल, रुद्रमणी भुसाल, गोमा ज्ञवाली लगायतको उपस्थितिमा रकम हस्तान्तरण गरिएको हो ।

सोही कार्यक्रममा सात महिनादेखि उपचाररत मालारानी ३  कि धनकला खनालको लागि १० हजार रकम समेत हस्तान्तरण गरिएको थियो । ढाडमा गम्भीर स्वास्ूथ्य समस्या रहेकी खनालको उपचारको लागि आर्थिक व्यवस्थापनमा सक्रिय रहेका समाजसेवी सहयोगी विसी मार्फत नगद हस्तान्तरण गरिएको हो ।