साहारा क्लब 'ए' पहलमानपुर महालक्ष्मी प्रथम घोडाघोडि मेयर कपको सेमीफाइनलमा - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

साहारा क्लब ‘ए’ पहलमानपुर महालक्ष्मी प्रथम घोडाघोडि मेयर कपको सेमीफाइनलमा



विशाल पाण्डेय/सुखड , कैलाली ।

महालक्ष्मी प्रथम घोडाघोडी मेयर कप फुटबल प्रतियोगितामा वडा नं ४ गैडाखाडा क्लबलाई १-० ले हराउँदै साहारा क्लब ‘ए’ पहलमानपुर महालक्ष्मी प्रथम घोडाघोडि मेयर कपको सेमीफाइनलमा प्रवेश गरेको छ ।

त्यस्तै आयोजक घोडाघोडी क्लब ‘ए’ ले त्रिवेणी युवा क्लब देउकलियालाइ (३-२) ले र हरियाली युवा क्लब ल्वाहरपुरले (६-१) ले घोडाघोडी क्लब ‘बि’ लाई हराउँदै सेमिफाइनलमा प्रवेश गरेको छ ।

“घोडाघोडी समबृद्बिका लागि खेलकुद” भन्ने मूल नाराका साथ घोडाघोडी नगरपालिको आर्थिक सहयोग , नगर खेलकुद विकास समितिको संमन्वय तथा घोडाघोडी क्लबको आयोजनामा मेयर कप फुटबल प्रतियोगिता यही माघ १४ देखि सुरु भएको हो।

प्रतियोगितामा विजेतालाई ५१ हजार १ सय ५१ रुपैयाँ सहित ट्फी,मोडल र प्रमाणपत्र र उपबिजेतलाई २१ हजार १ सय २१ रुपैयाँ सहित ट्फी,मेडल र प्रमाणपत्र प्रदान गरिने छ । प्रतियोगिताको फाइनल माघ २१ गते हुने आयोजकले बताएको छ ।