सहकारी संस्था बाट ऋण लिएर काम नगर्नेलाई कारबाही गर्नु पर्छ : नगर प्रमुख बजगाई - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

सहकारी संस्था बाट ऋण लिएर काम नगर्नेलाई कारबाही गर्नु पर्छ : नगर प्रमुख बजगाई



मंगल बास्कोटे / लम्की ,कैलाली ।
सहकारी संस्था बाट ऋण लिएर काम नगर्ने सदस्यलाई कारबाही गर्न लम्की चुहा नगरपालिकाका नगर प्रमुख महादेब बजगाईले आग्रह गर्नुभएको छ । वास्तविक रुपमा ब्यापार ब्यवसायी गर्ने ब्यक्तिहरुको पहिचान गरि मात्र सहकारीले ऋण दिनु पर्ने सुझाब दिनु भएको थियो ।

आज कैलालीको लम्की चुहा नगरपालिका वडा नं.५ राजीपुरमा असल सृजना कृषि सहकारी संस्थाको भवन उद्घाटन तथा सार्वजनिक सुनुवाई कार्यक्रममा बोल्दै नगर प्रमुख बजगाईले सहकारी संस्थाबाट ऋण लिने प्रबृति एउटा फेसन भएकोले त्यस तर्फ सहकारी संस्थाले बिषेश ध्यान दिन जरुरी भएको बताउनु भएको थियो । अहिले लम्की चुहा नगरपालिकाले बिशेषत कृषि कार्यलाई प्रमुख प्रथामिकरणमा राखेको हुदा असल सृजना कृषि सहकारी संस्थाले बास्तबिक कृषि कार्यमा लागेका ईमान्दार महिलाहरुको समुह बनाएको खण्डमा अनुदानको ब्यवस्था गरिदिने प्रतिबद्धता ब्यक्त गर्नु भयो ।

लम्की चुहा नगरपालिकाले कृषिकार्य लागी भनेर बिभिन्न बिउ बिजन र मलखादका लागी ७५ प्रतिशत अनुदान संगै पशुपान सम्बन्धि प्रत्येक वडामा १÷१ जना जे.टि.ए. र कृषि प्रबिधिकको ब्यवस्था गरि समुह मार्फत तालिमको सुबिधा हुने कुराको जानकारी दिदै लम्की चुहा नगरपालिकालाई नेपालकै कृषि क्षेत्रको उत्कृष्ट नगर बनाउनको लागी कृषि कार्यलाई जोड दिनको लागी आग्रह गर्नु भएको थियो । साथै समाजिक कुरिति, कुसंस्कार ,छाउपडीछाउपडी कुप्रथा ,जातिय छुवाछुतलाई यस क्षेत्रबाट जरै देखि अन्त्य गर्न बिसंगतिका बिरुद्धमा सहकारीले अभियान चलाउनु पर्ने बताउनु भयो ।

कार्यक्रमा बोल्दै लम्की चुहा नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष माया बिष्टले सहकारीले छोटो समयमा निकै श्रहनिय काम गर्न सफल भएकोमा धन्यबाद ज्ञापन गर्दै वड नं.५ मा ब्यवसायिक मुलक कृषि कार्यक्रमको लागी विषेश पहलगरि कृषिलाई ब्यवसायिकरण गर्ने कुरामा जोड दिनु भएको थियो ।

५ सय ४८ जना शेयर सदस्य रहेको सहकारी संस्थाको शेयर पुजी ११,लाख ७८ हजार ७ सय र मासिक बचत १२ लाख ५६ हजार ५ सय ५४ रुपैया ४१ पैसा रहेको छ । र गुड नेवर्स ईन्टरनेशनल नेपालको आर्थिक तथा प्राबिधिक सहयोगमा साझेदारी संस्थाबाट १३२ जनालाई रु ४९ लाख ६० हजार ५ सय ८६ सहकारी मार्फत बिभिन्न क्षेत्रमा घुम्ति कोष प्राप्त भएको थियो । यसै रकम मध्यबाट सहकारीले १ कठ्ठा ७ घुर जग्गा १७ लाख १हजारमा खरिद गरेर २० लाख ६ सय ८ सय ८० रुपैया ३८ पैसामा भवन निर्माण गरिएको प्रतिबेदन भवन निर्माण समितिका संयोजक हरीकला जैसिले प्रस्तुत गर्नु भएको थियो ।

असल सृजना कृषि सहकारी संस्थाका अध्यक्ष कृष्णा घर्तिको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तब्य सरिता रावलले राख्नु भएको थियो ।भवनको उद्घाटन नगर प्रमुख महादेब बजगाईले गमलामा फुल रोप्दै रिवन काटेर गर्नु भएको हो । कार्यक्रममा लम्की चुहा नगरपालिका उप–प्रमुख टिका थापा,गुडनेवर्स ईन्टरनेशनल नेपालका जिल्ला संयोजक देवेन्द्र भण्डारी,सेवक नेपालका जिल्ला अध्यक्ष पवन भण्डारी,सामुदायिक परियोजनाका कैलालीका अध्यक्ष बुद्धिराम चौधरी लगाएतकाले मन्तब्य राख्नु भएको थियो ।