सडक दुर्घटनाको जिम्वेवार को ? - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

सडक दुर्घटनाको जिम्वेवार को ?



-मनिकला महतारा

पानी पर्दा हिलाम्मे र घाम लाग्दा धुलाम्मे राजधानीको सडकले देश विकासको कुन दिशामा छ भन्ने प्रस्ट हुन्छ।कुन देश कत्तिको समृद्धिको बाटोमा जाँदै छ भने कुराको प्रतिबिम्ब राजधानीको सडक हो ।हरेक देशको विकास र समृद्धिको लागि प्रहिलो आवश्यकता र पहिलो प्राथमिकता दुवै सडक नै हो ।

पछिल्लो समय विभिन्न सञ्चार माध्यमबाट नेपालका फरक फरक ठाउँमा शृङ्खलाबद्ध सडक दुर्घटनाहरुले सम्पूर्णलाई शोकाकुल बनाएयो। गाउँ नै शन्यू हुने गरी ,परिवारका सदस्य नै सकिने ,मृत अबोध बालकका तस्बिरहरू सबैको कारण सडक दुर्घटना नै छ।परिवारको सदस्यले अकालै ज्यान गुमाउदाको पिडा पनि तेति नै कष्टकर हुन्छ।दसकौ देखि देशको सडकको दुर्दशा जस्ता को तेस्तै छ।देशले महिनैपिच्छे र वर्सैपिच्छे नयाँ नयाँ अनुहारहरूलाई अनुभव र अनुभूति त गरी नै रहेको छ। परिवर्तन पनि न भएका होइन । देशमा बजेट बाँडफाँड हुँदा उच्चतम अकं सडकको लागि नै पर्छ ।आफ्नो जिल्ला कसरी सडकको नाममा बढी भन्दा बढी रकम पार्नेहरु पनि प्रशस्तै भेट्टिन्छन।जिल्ला र गाउँमा समेत सडकको नाममा करोडौं रकमले अरू विकासका सयौँ काम ओझेलमा परिन्छ।देशमा सडक विभाग ,यातायात अवस्था विभाग ,ट्राफिक प्रहरी विभाग आदि इत्यादि पनि नभएका होइन।

तर पनि देशमा सडक दुर्घटनामा ज्यान गुमाउनेहरुकाको सङ्ख्या जनयुद्धमा मारिएकाको भन्दा कम छैन ।कसले लिन्छ त ती अकालै मरेकाहरुको जिम्मेवारी ? सडक दुर्घटनाको हरेक पटक चालक मात्रै किन जिम्मेवार त? राजधानीबाट गन्तव्यसम्म नपुगुन्जेल सर्वसाधारण कहिलेसम्म त्रसित हुने त? सडकको लागि करोडौं रकम कहाँ जान्छ किन बर्सेनि जोखिमपूर्ण यात्रा गर्नु पर्नेमा सर्वसाधारण तै चुप मै चुप ??के सडक दुर्घटनामा अकालमा ज्यान गुमाएकाहरुको परिवार प्रति दुई शब्द सोकाकुल श्रद्धाञ्जली र क्षतिपूर्तिले परिवारमा सदस्यको अभाव पुरा गर्न सक्छ त?कहिले सम्बन्धित निकायले  सक्रियता देखाउने त?

आकस्मिक प्राकृतिक विपदाले सडक दुर्घटनाको त कुनै उपाय छैन तर ओवर टेकिङ,ओवर लोडिङमा कडा नियम,बल्याक स्पाटमा परेका सडकहरुमा यातायात निषेध ,घुम्तीहरुमाअलिक चौडापन मपासे सम्बन्धी कडा कारबाही प्रति प्रशासनले ध्यान दिएमा सडक दुर्घटनामा न्यून गर्न सकिन्छ ।सडकको प्रसङ्गमा सडक दुर्घटनाको मूल जड त राजनैतिक दाउपेच,कानुनी वयवस्थाको काममा व्यापक अनियमितता,गुण स्तरहिन विकास निर्माणको काम,सीमित जिम्मेवार अधिकारीहरू र ठेक्केदारहरुको स्वार्थपुर्ण मिलोमतो दुर्घटना सिर्जना गर्छ।

यातायातको प्रसङ्गमा देशमा दिनहु हजारौँको सङ्ख्यामा सवारीहरु थप्पिनै राख्छ्न तर तेहि अनुसार सडक निर्माण सरसम्भार हुदैन्न जसको कारण सडकको अवस्था जिर्ण हुँदै जान्छ।अन्त्य त ठुलो जनधनको क्षति भुगतान गर्नु पर्छ।यदि यातायात अवस्था विभागले नियमित रूपमा सीमित मात्रामा देशमा सवारी साधनहरू थप्ने र घटाउने गर्ने,समय समयमा प्रत्येक जिल्लामा सवारी साधनहरूको प्राविधिक र मेसिनरी जाँचबुझ सम्बन्धी नितिनियम लागू गर्ने हो भने दुर्घटना कम हुन जान्छ।

चालक र यात्रीको प्रसङ्गमा केही हद सम्म जिम्मेवार दुवै हुन्छ्न ।हुन त सडक दुर्घटना विशेषत चालकको लाह्पर्वाही ,मपासे गरेको चालक ,छ घण्टा भन्दा बढी सवारी चलाइरहेको चालक ,तेज रफतारमा गाडी हाक्ने अथवा ओवर टेकिङको प्रवृति भएको चालक यी सबै प्रकारका चालक सडक दुर्घटनाका दोषी हुन।यात्रुको प्रसङ्गमा पनि सबैलाई छिट्टै पुग्नु नै हुन्छ।धैर्य नामको चिज नेपालीमा हुँदै हुदैन्न।अव्यवस्थित र जोखिमपूर्ण छ भन्नी थाहा हुँदा हुँदै पनि हामी दुर्घटनाको भागिदार बन्छौ।

अन्त्यमा राज्यले पैसाको लोभमा पर्चा बाँटे झैँ लाइसेन्स बाँट्ने निकायहरूलाई कारबाहीको दायराभित्र ल्याउनु पर्दछ।यातायात विभागले बेला बेलामा देशमा चलिरहेका सवारीसाधनहरुको नविकरण गर्ने योजनाहरू ल्याउनु पर्दछ।आवश्यकता भन्दा बढी यात्रु कोच्ने र पैसाको लोभमा सर्वसाधरणलाइ कष्टपुर्ण र जोखिमपूर्ण यात्रा गर्न बाध्य बनाउने चालक र सवारी मालिक दुवैको लागि नियमहरू अनिवार्य गरिनु पर्दछ साथै दुई /चार पैसा बढी कमाउने लोभमा आँखा चिम्याइ बसेका चेकपोस्टका प्रहरीहरु विरुद्ध पनि सख्त नियम बनाइनु पर्दछ। सडक विभागले पनि बेला बेला बाटोहरु अवलोकन गर्ने ,अनुगमन गर्ने ,सम्भावित दुर्घटनाग्रस्त सडकहरु निर्माणमा विशेष ध्यान दिएमा दुर्घटनाहरु न्यून हुन जान्छन ।