सचेतना मुलक अभिमुखिकरण कार्यक्रम सुखडमा सुरु - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

सचेतना मुलक अभिमुखिकरण कार्यक्रम सुखडमा सुरु



बिशाल पाण्डेय / सुखड ,कैलाली ।

महिला हिंसा, चेलीबेटी बेचबिखन , दुर्व्यसन तथा कुरिती विरुद्ध ७ दिने सचेतना मुलक अभिमुखिकरण कार्यक्रम कैलालीको घोडाघोडी नगरपालिका -१ सुखडमा शनिबारदेखि सुरु भएको छ ।

समाज बिकास केन्द्र केन्द्रिय कार्यलय सुखडको आयोजनामा भएको कार्यक्रमको आर्थिक सहयोग घोडाघोडि नगरपालिकाले गरेको छ।

सामाज बिकास केन्द्र सुखडका अध्यक्ष खडक बोगटीको अध्यक्षतामा सुरु भएको कार्यक्रममा घोडाघोडि नगर प्रमुख ममता प्रसाद चौधरी प्रमुख अतिथी रहेका थिए । प्रमुख अथितिको आसन बाट बोल्दै नगर प्रमुख चौधरीले पछिल्लो समयमा महिलाहरु हिसांका घटनाहरु दिनप्रतीदिन बढिरहेको बताए । चौधरीले घटना बढ्नुको मुख्य कारण आर्थिक , कुरिती , कुसंस्कार र रुढीबादी सोचले महिला नै बढी हिंसाको हुने बताएका छ्न । समुदायका महिला तथा अन्य ब्यक्तिहरुमा जनचेतनाको कमि भएकोले हिंसाका घटना हुने गरेको छ , ‘उनले भने अब यस्तो नदोहोर्‍याउनको लागी सबै मिलि लाग्नु पर्ने बताए ।

कार्यक्रममा घोडाघोडी नगर उप प्रमुख प्रेम कुमारी थापा , बुद्धिजीवी मेघ बहादुर साउद, वडा नं ४ का अध्यक्ष टेक बहादुर बुढा, ५ का अध्यक्ष प्रेम रोकाया, ६ का अध्यक्ष बिनोद बिक , १० का वडाध्यक्ष भिम बहादुर बम लगायतले मन्तव्य राखेका थिए ।

संस्थाका सदस्य बिजया देबि अर्यालको स्वागत मन्तव्य सङै सुरु भएको कार्यक्रमको सन्चालन भबिस्य बस्नेतले गरेका थिए ।