सामुदायिक विद्यालय निजी श्रोत शिक्षक संर्घष समिती गठन - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

सामुदायिक विद्यालय निजी श्रोत शिक्षक संर्घष समिती गठन



धनगढी , कैलाली ।। 
सरकारी शिक्षक सरह सेवासुविधा पाउनुपर्ने माग गर्दै सामुदायिक  विद्यालय निजी श्रोत शिक्षकहरुको शनिवार धनगढीमा भएको एक भेलाले २७ सदस्यिय सामुदायिक विद्यालय निजी श्रोत शिक्षक संर्घष समिती गठन भएको छ ।

बलराम जोशीको अध्यक्षतामा भएको समितीको उपाध्यक्षमा कृत्त बहादुर बिष्ट र रेखा कुवँर चयन भएका छन् । त्यस्तै समितीको सचिवमा केशव चौधरी, सहसचिवमा पुर्ण बहादुर थापा, र कोषाध्यक्षमा ईन्द्रमाया गजुरेल चयन भएका छन् । समितीको सदस्यहरुमा हरिभक्त भट्ट, रमेश विक, पुष्पा विनाडी, राजकुमार चौधरी, गोकुल कुबँर, ईन्द्रा राना, खगेन्द्र प्रशाद जोशी, रामसिँह चौधरी, मिथुन चौधरी, रामरुप चौधरीगणेश वयाडी रहेका छन् । सदस्यहरुमा हर्कदेव बिष्ट, कलशा कुमारी विनाडी, मनिराम चौधरी, निरन्जना पन्त, सरजु पन्त लगायत थप अर्को बैठकले थप्ने गरी २७ सदस्यिय कार्यसमिती गठन भएको छ ।

त्यस्तै सामुदायिक विद्यालय निजी श्रोत शिक्षक संर्घष समितीको धुब्र बहादुर सिंहको संयोजकत्वमा ७ सदस्यीय सल्लाहकार समिती गठन भएको छ । जसको सदस्यमा गणेश बहादुर लुहार, रामप्रशाद चौधरी र रघुनाथ चौधरी रहेका छन् भने बाकी सदस्य अर्को बैठकले थप्ने छ ।

साथै आईतबार धनगढी उपमहानगरपालिकालाई सरकारी शिक्षक सरह सेवासुविधा पाउनुपर्ने माग गर्दै ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको पनि समितीका अध्यक्ष बलराम जोशीले बताएका छन् ।