रुपन्देहीमा उद्योग दर्ता सङ्गख्यामा वृद्धि ,चालु आर्थिक वर्षमा मात्र १ हजार ८ सय ४४ उद्योग दर्ता - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

रुपन्देहीमा उद्योग दर्ता सङ्गख्यामा वृद्धि ,चालु आर्थिक वर्षमा मात्र १ हजार ८ सय ४४ उद्योग दर्ता



बुटवल । रुपन्देहीमा पछिल्लो समय उद्योग दर्ताको सङ्गख्यामा वृद्धि हुदै गएको छ । रुन्देहीमा फागुन मसान्त सम्म १२ हजार ८ सय ४४ वटा उद्योग दर्ता भएका छन् भने ति उद्योगहरुमा २० अर्व भन्दा माथिको आर्थिक लगानि रहेको छ ।

रुपन्देही भौगेलीक हिसाब तथा कच्चा पदार्थ भारत बाटा ल्याउदा भन्सार सहज भएका कारड उद्योग दर्ताको क्रम बढ्दै गएको हो ।

कम लागानीमा उद्योग सञ्चालन गर्न सकिने, भएकाले रुपन्देहीको घरेलु तथा सान उद्योग कार्यालयमा २०७३ सम्ममा १० हजार ६ सय २९ वटा उद्योग दार्ता भएका छन् भने चालुआर्थिक वर्षको फागुन मसान्त सम्ममा १ हजार डसय ४४उद्योग दर्ता भएका छन् ।

घरेलु कार्यलय रुपन्देहीले उद्योगको स्तरको आधारमा, उद्योगको कानुनि स्वरुपको आधारमा र उत्पादन मुलक गरि तिन प्रकारका उद्योगहरु दर्ता गर्दै आएको छ ।
उद्योगको स्तरको आधारलाई पनि विभिन्न तिन प्रकारमा वर्गिकरण गरि दर्ता गर्ने गरिएको घरेलु तथा सान उद्योग कार्यलय रुपन्देहीले जनाएको छ ।

लघु उद्योग, घरेलु र साना , त्यस्तै उद्योग कानुनी स्वरुपमा प्रईभेट उद्योग, साझेदारि उद्योग, र प्र.लि रहेका छन् । भने उत्पादन मुलकमा सेवा मुलक , पर्यटन, र कृषि तथा बन जङ्गल रहेका छन् । घरेलु तथा साना उद्योग कार्यलयमा २०७३ साल सम्म लघु उद्योग ३०, घरेलु ३ सय ७६, साना १० हजार ३ सय ४५ दर्ता भएका छन् । प्रईभेट उद्योग ९ हजार ५ सय ३, साझेदारी ५ सय ६५, प्र(ली ६ सय ६१ दर्ता भएका छन् । त्यस्तै चालु आर्थिक वर्षको माघ मसान्त सम्म लघु उद्योम १ सय ५५, घरेलु १, साना ७ सय १६ दर्ता भएका छन् ।

त्यस्तै प्र.ली ६८ प्रईभेट उद्योग ७ सय ३९ साझेदारीका ६६ वटा उद्योग दर्ता भएको घरेलु तथा साना उद्योग का कार्यवाहक प्रमुख तथा उद्योग अधिकृत युवराज पौडेलले जानकारि दिए ।

नेपालमा जुनसुकै उद्योगहरुले कच्चा पर्दाहरु भारत बाटै ल्याउनु पर्ने भएकाले भौगोलिक दुष्टीले सहज भएको, बेलहिया भन्सार रुपन्देहीमा रहेकाले रुपन्देहीमा उद्योग दर्ता गर्नेको सङ्गख्या वृद्धि भैरहेको नेपाल उद्योग वाणिज्य संघका केन्द्रिय सदस्य तथा अर्घाखांचि सिमेन्ट उद्योगका निर्देशक राजेश अग्रवालले बताए ।

उद्योगि संचालनका लागि बैकले ७० प्रतिशत सम्म लगानि गर्दै आएको छ भने व्यावसायीहरुले ३० प्रतिशत लगानिमै उद्योग सञ्चालन गर्न सक्दछन्