रुपन्देहीमा प्रतिनिधिसभातर्फको समानुपातिकमा नेपाली काँग्रेस पहिलो - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

रुपन्देहीमा प्रतिनिधिसभातर्फको समानुपातिकमा नेपाली काँग्रेस पहिलो



रुपन्देही ।। रुपन्देहीमा प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा समानुपातिकतर्फको मतगणना सम्पन्न भएको छ । ५ निर्वाचन क्षेत्र मध्ये २ निर्वाचन क्षेत्रमा जितेको नेपाली काँग्रेस रुपन्देहीमा समानुपातिकतर्फ पहिलो दल बनेको छ । ३ सिट जितेको नेकपा एमाले दोसा्रे र संघीय समाजवादी फोरम तोस्रो स्थानमा रहेका छन् ।

पहिलो बनेको नेपाली काँग्रेसले १ लाख १५ हजार ३ सय २९ मत प्राप्त गरेको छ । दोस्रो नेकपा एमालेले १ लाख १३ हजार ५ सय ८५ मत प्राप्त गरेको छ । त्यस्तै तेस्रो संघीय समाजवादी फोरमलले ३७ हजार २ सय ९७ , राजपाले २० हजार ५ सय ८३ , माओवादी केन्द्रले १८ हजार २ सय ९४ मत ल्याएको मुख्य निर्वाचन अधिकृत नरेश्वर भण्डारीले बताउनुभयो ।

त्यस्तै प्रदेश तर्फ पहिलो बनेको नेकपा एमलेले १ लाख ५ हजार ७ सय ३१ मत ल्याएको छ । दोस्रो हुदै नेपाली काग्रेसले १ लाख ३ हजार ६९ मत प्राप्त गरेको छ भने तोस्रो संघीय समाजवादी फोरमले ३४ हजार ७० मत प्राप्त गरेको छ । माओबादी केन्द्रले २० हजार ५ सय ६ , राष्ट्रिय जनता पार्ती नेपालले १७ हजार ७ सय ५९ , राष्ट्रिय जनमुक्ति पार्टीले १२ हजार ६ सय ६२ , राप्रपा प्रजातान्त्रिकले ७ हजार ९ सय ४२ मत ल्याएको छ । रुपन्देहीमा प्रतिनिधि सभामा ४९ र प्रदेश सभामा २७ राजनीतिक दलहरुले उमेदवारी दिएका थिए ।