रुपन्देहीमा फेरी चल्यो गोली: मजदुर घाइते - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

रुपन्देहीमा फेरी चल्यो गोली: मजदुर घाइते



बुटवल- रुपन्देहीमा फेरी गोली चलेको छ । तिलोत्तमा नगरपालिका-५ मणिग्राममा खाना पकाउँदै गरेका मजदुरमाथि गोली प्रहार गरिएको हो । गोली लागेका मजदुर मर्चवार क्षेत्रका रामकेश धवल रहेको जनाइएको छ ।

गोलि लागेर उनि घाइते भएको रुपन्देही प्रहरीले जनाएको छ । क्रिमसन अस्पताल उपचार हुन नसकेपछि थप उपचारका लागि भैरहवाको युनिभर्सल कलेज अफ मेडिकल साइन्सेसमा रिफर गरिएको छ ।

रातो रङ्गको मोटरसाइकल आएका अज्ञात व्यक्तिले पछाडिबाट उनलाई गोली हानेका थिए । उनको ढाडमा गोली लागेको छ ।