रुपन्देहीमा साख जोगाउने कसरतमा पुराना ,अस्तित्व खोज्दै नयाँ - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

रुपन्देहीमा साख जोगाउने कसरतमा पुराना ,अस्तित्व खोज्दै नयाँ



आचार्य प्रदीप
बुटवल २ मंसिर । रुपन्देही जिल्ला नेपालको मध्य पश्चिम क्षेत्रको उद्योग र व्यापारीक तथा शैक्षिक हव मात्रै नभएर राजनीतिको पनि केन्द्रका रुपमा परिचित स्थान होे ।
पञ्जायती व्यवस्था देखि मधेश आन्दोलन सम्म राम्रोसगँ जोडिएको रुपन्देही जिल्लामा यति वेला चुनावी सरगर्मी निकै बढेको छ । मंसिर २१ गते दोस्रो चरणमा हुने चुनावका लागि प्रमुख दलका प्रभावशाली नेताहरुले उम्मेदवारी दिएका कारण यस क्षेत्रमा चुनावी माहौल तातेको छ । पार्टीले टिकट दिएका उम्मेदबार प्रति चिन्त नबुझेर बागिँ उम्मेबार बन्ने र कारवार्ही भोग्ने कामले यहाँको राजनीति थप उत्कर्षमा पुगेको छ ।

जिल्लामा साविकका ७ निर्वाचन क्षेत्रबाट घटाएर ५ क्षेत्रमा कायम गरिएकोे छ । ति क्षेत्रमा प्रत्येक क्षेत्रमा बाहलवाल तथा पुर्व मन्त्रीहरु चुवानी मैदान छन् ।
निर्वाचन आयोग रुपन्देहीका अनुसार कूल मतदाता ५ लाख २२ हजार ६०२ रहेको रुपन्देहीमा २०८ मतदानस्थल र ५९८ मदतान केन्द्र तोकिएको छ । जिल्लामा केन्द्रीयस्तरका नेताहरु तथा दुई बाहलवाल मन्त्री ६ जना पुर्व मन्त्री चुनावी मैदानमा उत्तिएकाले थप रोचक वनेको छ ।पुराना नेतालाई आफनो साख जोगाउन र नयाँ अनुहारलाई अस्तित्व स्थापित गर्ने भन्दै चुनावी मैदानमा होमिएका छन । जिल्लामा प्रतिनिधि सभाका लागि ५ र प्रदेश सभाका लागि १० निर्वाचन क्षेत्र रहेकाछन् ।

रुपन्देही क्षेत्र नम्बर १ मा वर्तमान खानेपानी तथा सरसफाई राज्य मन्त्री एवं नेपाली कांग्रेसका जिल्ला सभापति अब्दुल रज्जाक र पुर्व कृषी मन्त्री एव एमाले केन्द्रीय सदस्य छविलाल विश्वकर्मा चुनावी प्रतिष्पर्धामा छन् ।

रज्जाक लोकतान्त्रीक गठबन्धनको समर्थन छ । भने विश्वकमालाई वामपन्थी गठबन्धनको साथ छ ।दुवै जना पुराना प्रतिस्पर्धी हुन् ।२०७० सालको संविधानसभा चुनावमा रज्जाकसंग विश्वकर्मा झिनो मतले पराजीत भएका थिए । रज्जाकले १४ हजार ४ सय मत पाउँदा विश्वकर्माले १४ हजार १ सय ९६ मत प्राप्त गरेका थिए । दुवै नेता स्थानीयमाझ परिचित छन् ।२०६४ सालको संविधानसभा चुनावमा माओवादीका घनश्याम अहिर यादवले १२ हजार ६२४ मत पाएर विजयी हुँदा कांग्रेसका अब्दुल रज्जाक ११ हजार ३ मत पाएर पराजीत भएका थिए ।

उता एमाले स्थाई कमिठी सदस्य तथा भलिबल खेलाडी समेत रहेका विश्वकर्मा पार्टीको काम र अन्य कामले स्थानियमाझ भिजेका छन् । रुपन्देहीको अन्य क्षेत्र भन्दा यसमा निकै कडा प्रतिस्पर्धा हुने दुवै गठवन्धनका नेताहरुको भनाई छ रुपन्देही क्षेत्र नम्बर २ मा एमालेवाट पूर्व अर्थमन्त्री विष्णु पौडेल र कांग्रेसका जिल्ला स्तरका नेता युवराज गिरी चुनावी मैदानमा छन् । अन्य साना दलहरुको समेत उम्मेदवारी परेता पनि गिरी र पौडेलबिच प्रतिस्पर्धा रहेको छ । नेकपा एमालेका उपमहासचिव समेत रहेका पौडेल यस अधि रुपन्देही क्षेत्र नम्बर ४ रहेको वुटवल क्षेत्रमा दुई पटक बिजय भएका हुन् । काँग्रेसका महासमिति सदस्य गिरीले पहिलो पटक चुनावी मैदानमा उत्तिएका छन् ।

दोस्रो पटक बुटवलमा तत्कालिन माओबादिका डा.बावुराम भट्टराईलाई चुनाव जितेपछि पौडेल अर्थमन्त्री बनेका थिए ।लामो समय देखि नेपाली काग्रेसको राजनीति गरेका गिरी सगँ बौद्धिक तथा लोकतान्त्रीक आचारण छ । चर्चित रुपन्देहीको सुरजपुरा घटनासगँ जोडिएका गिरी पाटीमा पटक पटक चुनाव लडेपनि जनतामाझ पहिलो पटक पुग्दा निकै उत्हासित देखीन्छन् ।

स्थानिय तहमा आफ्नो पकट र पुर्व मन्त्री एवं पार्टीका प्रभावशाली व्यति पौडेल उम्मेदवार भएकाले एमाले नेताहरु चुनाव जित्ने कुरामा ढुक्क रहेका छन । रुपन्देही क्षेत्र नम्बर ३ मा स्वास्थ्य मन्त्री दीपक बोहरा एमालेका उपमहासचिव एवं पुर्व विना विभागीय मन्त्री घनश्याम भुसाल चुनावी प्रतिष्पर्धामा छन् । दुवैका आ आफ्नै बिशेषता भएका कारण यस क्षेत्रको चुवान थप रोचक वनेको छ ।रुपन्देहीको भैरहवा समेत पर्ने यस क्षेत्रमा गत संविधानसभा चुनावमा बोहरा विजयी भएका थिए । तर गत स्थानीय चुनावमा भैरहवाको सिद्धार्थनगर नगरपालिकाको मेयर एमालेले जितेको थियो । गत संविधानसभा निर्वाचनमा दीपक बोहरा ७ हजार ४८१ मत पाएर विजयी भएका थिए भने कांग्रेसका रामकृष्ण ताम्राकार ५ हजार ७७७ मत पाएर पराजित भएका थिए । बोहरालाई कांग्रेसको समर्थन छ भने भुसाललाई वामपन्थी गठबन्धनको समर्थन रहेको छ ।

भुसाल यसअघि कांग्रेस नेता बालकृष्ण खाँणसंग झिनो मतले पराजित भएका थिए । भुसाल समाजवादी सिद्धान्तका व्याख्याता समेत हुन् । बोहरा पंचयातकाल देखी हाल सम्म १० पटक मन्त्री भएका नेता हुन् । स्वाथ्य मन्त्री बोहोरालाई यसपटक नेपाली कांग्रेसले साथ दिएको छ । माक्र्सवादी चिन्तकका तथा झलनाथ खनाल प्रधानमन्त्री भएका बेला बिना विभाग मन्त्री बन्ने अवसर पाएका घनश्याम भुसाल साझा बामपन्थी उम्मेदवार हुन् ।
रापजाका प्रभावशाली नेता एव पटक पटक मन्त्री वनेका शर्वेन्द्रनाथ शुक्ला वामपन्थी गठबन्धनबाट पुर्व मन्त्री ओमप्रकास यादव गुल्जारी र कांग्रेसको तर्फवाट प्रमोद यादव रुपन्देहीको ४ नम्बर क्षेत्रबाट चुनाव मैदान उत्रिएका छन् ।
यस क्षेत्रमा त्रिपक्षीय प्रतिपस्र्धा छ । रुपन्देहीका अन्य क्षेत्रमा दुई पक्षिय प्रतिस्पर्धा भएपनि यहाँ त्रिपक्षीय प्रतिपस्र्धा छ ।
भारतसंग सीमा जोडिएको रुपन्देहीको दक्षिणी भेगमा मधेस केन्द्रीत दलहरुको बाहुल्यता रहेको छ । गत संविधानसभा चुनावमा शुक्ल साविकको रुपन्देही ६ बाट विजयी भएका थिए । २०६४ सालको संविधानसभा चुनावमा शुक्ललाई पराजितगर्दै फोरमका तर्फवाट ओम प्रकाश यादव विजयी भएका थिए ।
यादवले १२ हजार १७० र शुक्लाले १० हजार ९०७ मत प्राप्त गरेका थिए । रुपन्देहीको मर्चवार क्षेत्रमा पर्ने यो क्षेत्रमा राजपा र फोरमको राम्रो पकट छ ।
पार्टीले चुनाव बहिस्कार गरेको समयमा दोस्रो चरणको स्थानीय चुनावमा शुक्लका स्वतन्त्र उम्मेदवारले यो क्षेत्रमा चुनाव जितेका थिए ।नेपाली काग्रेस युवा नेता प्रमोद यादवको पनि पकड राम्रो रहेको जनाकारहरु वताउछन् ।
रुपन्देही क्षेत्र नम्बर ५ बाट नेपाली कांग्रेसका पुर्व अर्थ राज्य मन्त्री भरत शाह र वामपन्थी गठबन्धनका तर्फवाट माओवादीका डिलाराम आचार्य चुनावी मैदानमा छन् ।
शाह निवर्तमान सांसद हुन् भने विगतमा राष्ट्रिय जनमोर्चाबाट अर्घाखाँचीमा चुनाव जितेका आचार्य यसपटक माओवादीबाट चुनाव लड्न लागेका हुन् ।उनलाई एमाले र जनमोर्चाको साथ छ ।
दोस्रो संविधानसभा चुनावमा कांग्रेसका शाह विजयी भएका थिए । पछिल्लो पटकको निर्वाचन क्षेत्र निर्धारणमा पाँच नम्बर क्षेत्रमा केही भूभाग थपिएको छ ।
शाह मतदताको लागि परिचित अनुहार हुन् भने आचार्य वामगठबन्धवाट उक्त क्षेत्रमा परेका अपरिचत अनुसार हुन् ।

प्रेदेशमा कस्ता छन् उम्मेदवारहरु

रुपन्देहमा पाचँ निर्वाचन क्षेत्रवाट १० जान प्रादेसीक सांसद निर्वाचत हुदैछ । मुख्य प्रतिस्पर्धा वाम गठवन्धन र लोकतान्त्रिक गठवन्धन विच हुने देखिएको छ ।
लोकतान्त्रिक गठबन्धनका उम्मेदवार
प्रदेशसभा १ क ताहिर अलि (राप्रपा )
प्रदेशसभा १ ख हरि न्यौपाने
प्रदेशसभा २ क काजिमान श्रेष्ठ
प्रदेशसभा २ ख महेशमान सिंह
प्रदेशसभा ३ क देबि चौधरी
प्रदेशसभा ३ ख हरि ध्वज मल्ल
प्रदेशसभा ४ क बसिउद्धिन खान
प्रदेशसभा ४ ख अष्ठभुजा पाठक
प्रदेशसभा ५ क बिष्णु पोखरेल
प्रदेशसभा ५ ख फकरुदिन खां

वाम गठबन्धनका उम्मेदवार
प्रदेश सभा १ क डा. कृष्ण न्यौपाने
प्रदेश सभा १ ख दधिराम न्यौपाने (माओबादी)
प्रदेश सभा २ क लिला गिरी
प्रदेश सभा २ ख भोजप्रसाद श्रेष्ठ
प्रदेश सभा ३ क विश्वास बराल (माओबादी)
प्रदेश सभा ३ ख तुलसीप्रसाद चौधरी
प्रदेश सभा ४ क पल्लवी शुक्ला
प्रदेश सभा ४ ख सन्त कुमार यादव
प्रदेश सभा ५ क भुमिश्वर ढकाल
प्रदेश सभा ५ ख हजरत विलास फकिर

वागी उम्मेदवारको सदस्यता खारेज
आसन्न प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा पार्टीका उम्मेदवार विपरीत बागी उम्मेदवारी दिएका नेताको पार्टी सदस्यता खारेज नेपाली काग्रेस र एमाले गरेका छन् ।
नेपाली काँग्रेसले पार्टीका उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएको भन्दै एकजना प्रतिनिधि सभा सदस्यका उम्मेदवार तथा पाँचजना प्रदेश सभा सदस्यका उम्मेदवारसहित उनीहरूका प्रस्तावक र समर्थक गरी १८ जनाको पार्टी सदस्यता खारेज गरेको हो .

निर्वाचन क्षेत्र नम्बर १ को ख बाट प्रदेश सभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका महाधिवेशन प्रतिनिधि कृष्णप्रसाद पौडेल तथा उहाँका प्रस्तावक र समर्थक पार्टी सदस्यता खारेज गरेको नेपाली काँग्रेससभापति अब्दुल रज्जाकले जानकारी दिनुभयो .

त्यस्तै क्षेत्र नं ३ को बाट प्रदेश सभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिनुभएका जिल्ला सदस्य ओमकुमार श्रेष्ठ, उहाँका प्रस्तावक नारायणबहादुर कार्की र समर्थक राजेश जिसी, क्षेत्र नं ३ को २ बाट प्रदेश सभा सदस्यमा नेपाली काँग्रेस बिपी पार्टीबाट उम्मेदवारी दिएका डोलराज भुसाल तथा उहाँका प्रस्तावक सन्तकुमार यादव र समर्थक रामनारायण अहिरलाई पार्टीको साधारण सदस्यता नरहने गरी कारबाही गरेको सभापति रज्जाकले जानकारी दिनु भयो ।.
यस्तै एमाले जिल्ला सदस्य मिन प्रसाद घिमीरेले रुपन्देही पाचँ ख वाट बागि उम्मेदवारी दिएका थिए । उनका समर्थक प्रस्ताक सवैलाई एमाले रुपन्देहीले कारवाहि गरेको छ ।

बदर मत घटाउन काँग्रेसले मतदाता शिक्षा प्रदान गर्ने
आसन्न निर्वाचनमा बदर मतको संख्या घटाउन र मतदाता शिक्षालाइ प्रमावकारी नेपाली काँग्रेसले रुपन्देहीका मतदातालाइ मतदान गर्ने तरीकाका बारेमा जानकारी प्रदान गर्ने भएको छ । नेपाली काँग्रेस क्षेत्र २ को प्रदेश सभा २ को निर्वाचन परिचालन तथा प्रचार समितिको आज तिलोत्तमामा बसेको बैठले आशन्न निर्वाचनमा बदर मतको सख्या घटाउन मतदाता शिक्षा प्रदान गर्ने निर्णय गरेको हो ।

समितिका संयोजक यमबहादुर खत्रीको अध्यक्षता र क्षेत्र न २ का निर्वाचन परिचालन मुल समितिका संयोजक रामबहादुर कार्कीको आथित्यतामा बसेको बैठकले प्रदेश सभा २ को प्रदेश सभा २ मापर्ने १० वटै वडाहरुमा मतदाता शिक्षा प्रदान गर्ने निर्णय गरेको हो । त्यसकालागि प्रशिक्षकहरु तयार गर्ने र तीनलाइ मंसिर ४ गतेदेखि हरेक मतदाताको घरघरमा पठाइने समितिका सचिव माधवलाल देवकोटाले जानकारी दिनु भयो ।

स्थानीय निर्वाचनमा मतदाता शिक्षा प्रभावकारी नहुँदा धेरै मत बदर भएकाले यसपटक मतदाताको अमुल्य मत खेर नजावस भन्ने उद्येस्यले यस्तो कार्यक्रम संचालन गर्न लागीएको समितिका संयोजक यमबहादुर खत्रीले जानकारी दिनु भयो । बुटवलका ४ र तिलोत्तमाका ६ गरी दशवटै वडाका सबै मतदाताको घरदैलोमा काग्रेसका स्वयमसेवि प्रशिक्षक पुगेर मतदान गर्ने तरीकाका बारेमा जानकारी दिने बताइएको छ । त्यस्तै बैठकले चुनावी प्रचारलाइ प्रभावकारी बनाउन दश वटै वडामा प्रचार कार्यालय स्थापना गर्ने निर्णय पनि गरेको छ ।