रुपन्देहीमा युवासंघको उद्योग बन्दको ३ संस्थाद्वारा संयुक्त भत्र्सना - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

रुपन्देहीमा युवासंघको उद्योग बन्दको ३ संस्थाद्वारा संयुक्त भत्र्सना



आचार्य प्रदीप
बुुटवल । मंगलबार देखी युवा संघले गरेको रुपन्देहीका ११ सिमेन्ट र छड उद्योगमा तालाबन्दीको सिद्वाार्थ उद्योग वाणिज्य संघ रुपन्देही, रुपन्देही उद्योग संघ वुटवल र रुपन्देही उद्योग व्यपार संगठनले भत्र्सना गरेको छ ।

बुधबार ३ संस्थाले संयुक्त बक्तब्य जारी गर्दै घटनामा संलग्नलाई कारबाहीको माग गरेको छ । सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीका कार्यवहाक अध्यक्ष शान्त कुमार शर्मा, रुपन्देही उद्योग संघ वुटवलका अध्यक्ष गणेश प्रसाद अधिकारी र रुपन्देही उद्योग व्यपार संगठनका अध्यक्ष नारायण प्रसाद भण्डारी द्वारा हस्ताक्षरीत संयुक्त बिज्ञप्ती जारी गरि घटनामा संलग्नलाई कारबाहीको माग गरिएको छ ।

बिज्ञप्तीमा लेखिएको छ–
युवा संघ द्वारा अकस्मात निर्वाध रुपमा उद्योग सञ्चालनमा अवरोध पुग्ने गरी अनिश्चतकाली तालाबन्धीको घटनामा हाम्रो गम्भीर ध्यानाकर्षण भएको । जुनसुकै माग तथा उद्देश्य राखेर गरीएको तालाबन्दीले उद्योगीहरुको उखेग व्यवसाय सञ्चालन गर्ने अधिकार हनन भएको हुँदा घटनाको घोर भत्र्सना गर्दछौ ।
घटनामा संलग्न पक्षमा कारवाहीको दायरामा ल्याई तत्काल उखेग प्रतिष्ठानमा भएको तालाबन्दी उखेग सञ्चालन गर्ने वातावरण र आवश्यक सुरक्षा व्यवस्था मिलाउन माग समेत गर्दछौ ।
हेरौँ बिज्ञप्ती