फ्रान्सका दिमित्री रुँदै बाहिर निस्केपछि... - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

फ्रान्सका दिमित्री रुँदै बाहिर निस्केपछि…



विश्वकप फुटबल २०१८ का खेल सुरु हुन अब एक महिना भन्दा कम समय छ । विश्वकपमा प्रतिस्पर्धा गर्ने देशले धमाधम टिम घोषणा गर्न थालेका छन् । खेलाडीहरुले पनि विश्वकपमा आफ्नो जादु देखाउनेमा ध्यान दिएका छन् ।

तर फ्रान्सका दिमित्री पेयटको भने विश्वकप खेल्ने सपना यसपटक पूरा नहोला जस्तो छ । उनी चोटका कारण खेल्न नसक्ने सम्भावना बढेको हो ।

फ्रेन्च लिग वान क्लब मार्सेइलीका मिडफिल्डर दिमित्री युरोपा लिगको फाइनल अन्तगर्त बुधबार राति घरेलु मैदानमा भएको खेलमा अमिलो मन बनाउँदै मैदानबा बाहिरिएका छन् ।

खेल सुरु हुनुअघि थाइको इन्जुरी बल्झिएको थियो । तर उनले लियोनमा भएको खेलमा मैदान छिरे । ३२ औँ मिनेटमा नसकेपछि उनी रुँदै मैदानबाट बाहिरिए । उनको ठाउँमा म्याक्सिमी लोपेजले खेले ।

पेयटले गएको शुक्रबार गुइन्गाम्पसँगको खेल गुमाएका थिए । तर उनले आफू युरोपा लिग फाइनलका लागि तयार रहेको भन्दै मैदानमा आए । ३२ औँ मिनेटमा मैदानबाट बाहिरिएपछि उनले टच लाइन नजिकैबाट बाँकी खेल हेरे ।

उनको राष्ट्रिय टिमका साथी एन्टोनी ग्रिजम्यानले एथ्लेटिकोका लागि दुई गोल गरे र टिमलाई ३–० को जित दिलाए । वेष्ट ह्यामका पूर्व प्लेमेकर दिमित्री सन् २०१६ को युरो कपमा फ्रान्सलाई फाइनलसम्म पु¥याउन महत्वपूर्ण भूमिका खेल्ने खेलाडी हुन् ।

तर उनी गएको अक्टोबर १० यता राष्ट्रिय टिमबाट खेलेका छैनन् । तर उनले यो सिजन राम्रो प्रदर्शनका कारण विश्वकपका लागि राष्ट्रिय टिममा पर्ने राम्रो सम्भावना देखाएका थिए ।

मार्सेइलीलाई युरोपा लिगको फाइनलसम्म ल्याउनुमा उनको भूमिका ठूलो छ । तर थाइको चोटले उनको विश्वकप खेल्ने बाटोमा अवरोध बनाउन सक्ने देखिएको छ ।

फ्रान्सका प्रशिक्षक डिडियर डेसच्याम्पसले बिहीबार विश्वकपका लागि टिम घोषणा गर्ने तयारी गरेका छन् । दिमित्रीले सन् २०१० मा डेब्यु गरेयता राष्ट्रिय टिमबाट ३५ खेल खेलेका छन् ।