रुखबाट निकालियो विद्युत् - Himal Post Himal Post
  • ६ चैत्र २०८०, मंगलवार
  •      Tue Mar 19 2024
Logo

रुखबाट निकालियो विद्युत्



रुकमु । जिल्लाको मुसीकोट नगरपालिका ५ शेरिगाउँमा रहेको मोर्डन रिसर्च कन्स्ट्रकसन एण्ड कन्सल्टेन्सी प्रालिका विद्यार्थीहरूले रुखबाट झण्डै १९ भोल्टेच क्षमता भएको बिजुली निकालेका छन् । उनीहरूले गुनामौरा नामको रुखबाट विद्युत् निकाल्न सफल भएका हुन् । करिब तीन वर्ष पहिलेदेखि विद्यार्थीहरूलाई विभिन्न प्राविधिक तालिम सिकाउँदै आएको संस्थाका विद्यार्थीले यो वर्ष भने काचो रुखबाट विद्युत् निकालेका हुन् । लेभल टु ईलेक्टीकल सवओभरसियर पढिरहेका विद्यार्थीहरूले रुखबाट विद्युत् निकालेका हुन् ।

उक्त संस्थामा लेभल टु ईलेक्ट्रिकल सवओभरसियर पढिरहेका जयबहादुर नाथका अनुसार आफूहरूले धेरै मेहनतवाट विद्युत् निकाल्न सफल भएको बताए । उनका अनुसार गुनामौरा प्रजातिको रुखबाट मात्र विद्युत् निक्लिएको हो ।

रुखको भित्री भागमा तामाको तार र रुखको बाहिरी भागमा फलामको तार राखेर कनेक्सन गर्दा करिब १९ भोल्टेज विद्युत् निक्लिएको नाथले बताएका छन् । कुनै पनि नयाँ काम गर्नका लागि केही न केही बस्तुको प्रेरणा हुन आवश्यक हुन्छ । त्यस संस्थामा अध्ययनरत विद्यार्थीहरूलाई पनि संस्था र संस्थामा रहेका प्रशिक्षकको ठुलो प्रेरणा रहेको विद्यार्थीहरूको भनाई रहेको छ ।

उक्त प्रालिमै लेभल टु ईलेक्ट्रिकल सवओभरसियर पढिरहेका अर्का विद्यार्थी खिमप्रकास नाथले आफूहरूलाई केही गर्ने जाँगर भएको र यो कार्यमा संस्थाको ठुलै हात रहेको बताए । आफूहरूका लागि प्रेरणाको स्रोतमा पहिलो वर्षका विद्यार्थी पनि रहेको नाथले बताए ।

आफूहरूले नयाँ नयाँ कुराको आविष्कार गर्दै सबैलाई चकित पार्दै आएका छन् । यस संस्थामै अध्यनरत विद्यार्थीहरूले गत वर्ष आलु र स्याउबाट विद्युत् निकालेर सबैलाई चकित बनाएका थिए । यो वर्ष झनै रुखबाट विद्युत् निकालेर विद्यार्थीहरूले सबैलाई थप आश्चर्यमा पारेका छन् । संस्थाले हरेक वर्ष कुनै न कुनै नयाँ सोँचका साथ अगाडि बढिरहेको देखिन्छ ।
संस्थाका कार्यकारी निर्देशक भुवन नाथले अबका दिनमा आफूहरूले फेरि कुनै नयाँ आविष्कार गरेर देखाउने तर्फ आफूहरू लागि पर्ने र त्यसको लागि सबैको सहयोग र सहकार्यको आवश्यक रहेको बताए ।