आइपिएल: बैंगलोरलाई राजस्थानको १ सय ६४ रनको टार्गेट - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

आइपिएल: बैंगलोरलाई राजस्थानको १ सय ६४ रनको टार्गेट



काठमाडौं /आइपिएल क्रिकेट अन्तर्गत आज ४:१५ बजेबाट स्वामी मानसिंह स्टडीयममा भइरहेको खेलमा राजस्थान रोयल्स र रोयल च्यालेंजर बैंगलोर भिड्दै छन् । पहिले ब्याटिंगको जिम्मा पाएको राजस्थानले आफ्नो २० ओभरको पारी खेल्दै बैंगलोर सामु १ सय ६४ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

निर्धारित खेलमा राजस्थानका राहुल त्रिपाठीले सबैभन्दा बढी रन बनाएका छन् । उनले यो खेलमा ५८ बलमा ८० रन बनाएका छन् । त्यस्तै टिम क्याप्टेन अजिंख्य राहनेले ३१ बलमा ३३ रन बनाउँदै उमेश यादवको बलमा आउट भएका थिए ।

५ विकेटको क्षेतिमा १६३ रन बनाउनको लागी राजस्थानलाई निकै कठिन खेलको सामना गर्नुपरेको थियो । यधपी अन्तिम २ ओभरमा कृष्णप्पा गौतम र राहुल त्रिपाठीले आक्रामक खेल खेलेका थिए ।