रियल मड्रिड विजयी रोनाल्डोले दुई गोल - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

रियल मड्रिड विजयी रोनाल्डोले दुई गोल



हिमाल पोष्ट /१२ मंसिर, काठमाडौं । निस ला लिगामा रियल मड्रिड विजयी भएको छ । लिगाको शीर्ष स्थानको मड्रिडले ६ अंकको अग्रता लिएको छ । शनिबार राति भएको खेलमा स्पोर्टिङ गिजोनलाई २–१ ले हराएर ६ अंकको अग्रता लिएको हो ।

रियलको जितमा दुवै गोल क्रिष्टियानो रोनाल्डोले गरे । रोनाल्डोले पाँचौं र १८ औं मिनेटमा गोल गरेका हुन् । ३५ औं मिनेटमा कारमोनाले स्पोर्टिङका लागि एक गोल फर्काए ।

दोस्रो हाफमा दुवै तर्फबाट गोल हुन सकेन र रियल २–१ ले विजयी भयो । जितपछि शीर्ष स्थानको रियल मड्रिडको १३ खेलबाट ३३ अंक भएको छ ।

दोस्रो स्थानको सेभिल्लाको २७ अंक छ ।रियल मड्रिड बार्सिलोना भन्दा सात अंकले अघि छ । एक खेल कम खेलेको तेस्रो स्थानको बार्सिलोनाको २६ अंक छ । रोनाल्डोले ला लिगामा यो सिजन अहिलेसम्म १० गोल गरेका छन् । उनी बार्सिलोनाका लियोनल मेस्सी र लुइस स्वारेज भन्दा दुई गोल अघि छन् ।