‘रोनाल्डोलाई लेगानेससँग पहिलो रोजाईमा नराखिने’ ! - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

‘रोनाल्डोलाई लेगानेससँग पहिलो रोजाईमा नराखिने’ !



म्याड्रिड (एजेन्सी)– बायर्न म्युनिखसँगको च्याम्पियन्स लिग सेमिफाइनलको दास्रो लेगलाई ध्यानमा राख्दै रियल म्याड्रिडले सुपर स्टार क्रिस्टियानो रोनाल्डोलाई शनिबार ला लिगामा बेन्चमै राख्ने भएको छ । रियलले शनिबार लेगानेसको सामना गर्दा रोनाल्डो पहिलो रोजाइमा नरहने सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

जिनेदिन जिदानले रियलको प्रशिक्षण सम्हालेयता रोनाल्डोलाई फिट राख्ने योजना अनुरुप आराम दिदै आएका छन् । यद्दपी पोर्चुगिज सुपर स्टार भने जहिले आफुलाई मैदानमा सक्रिय राख्न चाहन्छन् । तर, प्रशिक्षक जिदानेले भने अवस्था अनुसार खेलाडीमा आलोपालो प्रणाली अपनाउने गरेका छन् ।

ला लिगाको केहि दिन पछि नै रियलले घरेलु मैदानमा बायर्नसँग प्रतिस्पर्धा गर्दैछ । पहिलो लेगमा रियल २–१ ले अगाडि रहेको छ । त्यो खेललाई मध्यनजर गर्दै जिदान रोनाल्डोलाई आराम दिने सोचमा रहेको बताइएको छ ।

उपाधि दौड सकिसकेकोले अब ला लिगामा केन्द्रित हुन रियलका लागि फाइदा जनक छैन । बढीमा रियलले ला लिगामा दोस्रो स्थान प्राप्त गर्न सक्छ । रोनाल्डो विनानै जिदान ३ अंक बटुल्ने योजनामा हुनेछन् ।

सहरी प्रतिद्वन्द्वी एट्लेटिको म्याड्रिडसँगको खेलमा गोल गर्दै रियललाई अग्रता दिलाएपछि रोनाल्डोलाई परिवर्तन गरिएको थियो । जुन खेल १–१ को बराबरीमा टुंगिएको थियो ।

शनिबारको खेलमा रोनाल्डो पहिलो रोजाइमा परेनन् भने रियल च्याम्पियन्स लिगको नकआउट चरणमा पुगेयता पहिलो रोजाइमा उनी नपरेको खेल संख्या ४ पुग्नेछ । उनले यसअघि मालागा, लास पालमास र इस्पानुयलको खेलमा पनि सुरुआत गरेका थिएनन् ।