रोनाल्डोलाई लुकाकुको चुनौती: अब के हुन्छ ? - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

रोनाल्डोलाई लुकाकुको चुनौती: अब के हुन्छ ?



बेल्जियमका रोमेलु लुकाकुले जारी विश्वकप फुटबलमा पोर्चुगलका क्रिस्टियानो रोनाल्डोसँग बराबरी गोल गरेका गरेका छन् ।

पानामाविरुद्धको पहिलो खेलमा दुई गोल गरेका लुकाकुले ट्युनिसियासँग भैरहेको दोश्रो खेलको पहिलो हाफमा २ गोल गरेपछि रोनाल्डोसँग गोल संख्या बराबरी गरेका हुन् ।

पहिलो खेलमा स्पेनविरुद्ध ह्याट्रिक गरेका रोनाल्डोले मोरक्कोविरुद्ध १ गोल थप्दै चार गोल पु¥याएका छन् । उनीहरुलाई रुसका डेनिस चेरिसेव र स्पेनका डिएगो कोस्टाले पछ्याई रहेका छन् । उनीहरुको समान ३÷३ गोल छ ।

विश्वकै चर्चित स्टारहरु जम्न नसकिरहेका बेला लुकाकुले रोनाल्डोलाई चुनौती दिएका हुन् । जारी विश्वकपमा अर्जेन्टिनाका लियोनाल मेसीले गोल गर्न सकेका छैनन् । भने ब्राजिलका नेइमारले १ मात्रै गोल गरेका छन् ।