‘रोमियो एण्ड मुना’ को राक्षस रुप - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

‘रोमियो एण्ड मुना’ को राक्षस रुप



साउन ११ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको विनय श्रेष्ठ र सृष्टि श्रेष्ठ स्टारर फिल्म ‘रोमियो एण्ड मुना’ को मोन्सटर पोस्टर रिलिज भएको छ । निर्माण टिमले फिल्मको राक्षसी रुपवाला पोस्टर सार्वजनिक गरेको छ ।

‘आफू भित्रको दानवलाई चिन्नुस्’ भन्ने ट्याग लाइनसहित सार्वजनिक भएको यो पोस्टर कम्युटर ग्राफिक्सबाट तयार गरिएको हो । ‘मोन्सटरलाई पनि फिल्ममा एउटा पात्रको रुपमा देख्न सकिनेछ’, निर्देशक नरेश कुमार केसी भन्छन्, ‘फिल्ममा राक्षस पात्रलाई एउटा बिम्वको रुपमा प्रयोग गरेका छौं ।’

शहरिया युवा र ग्रामिण युवती बिचको प्रेमकथा बोल्ने ‘रोमियो एण्ड मुना’ लाई प्रसन्न गोपाली, रामशर्मा, कविनशाक्य र नायक विनय श्रेष्ठले संयूक्त रुपमा निर्माण गरेका हुन् । ‘रोमियो एण्ड मुना’ लाई दिपाङकर सिक्देर र बाबु श्रेष्ठले खिचेका हुन् । उक्त फिल्ममा निर्देशक केसीको पटकथा छ भने संवादमा निर्देशकसँग निरज महर्जनले साथ दिएका छन् ।

फिल्ममा प्रज्वल सुजल गिरी, सुष्मा कार्की, सुरक्षा पन्त लगायतका कलाकारहरुको पनि अभिनय छ । यो फिल्ममा लोकेन्द्र बज्रचार्यको सम्पादन, गौरव डागोन्कर, कोशिश क्षेत्री, कालीप्रसाद बाँस्कोटा र अर्लको संगीत, प्रताप सिंह, रेनशा राई, राजिव समरको कोरियोग्राफी छ ।