आर.एम.ई. स्कुलको सातौँ वार्षिकोत्सव सम्पन्न - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

आर.एम.ई. स्कुलको सातौँ वार्षिकोत्सव सम्पन्न



टीकापुर :आर.एम.ई. स्कुल टीकापुरको सातौँ वार्षिकोत्सव तथा अभिभावक दिवस टीकापुरमा भएको छ । विद्यालय व्यावस्थापन समितिका अध्यक्ष टेकराज रेग्मीको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि नेपाल प्याब्सनका राष्ट्रिय अध्यक्ष ऋतुराज सापकोटा रहनु भएको थियो भने विशिष्ट अतिथिमा टीकापुर नगरपालिका वडा न. १ का अध्यक्ष गंगाराम आचार्य रहनु भएको थियो ।

वार्षिकोत्सवको अवसरमा टीकापुर योगाश्रमका संरक्षक पृथ्वीराज रावललाई दोसल्ला ओढाई सम्मान–पत्रले सम्मान गरिएको छ । त्यस्तै विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको जन्मदिनको अवसरमा जम्मा भएको बालकल्याण कोषको रकमबाट जनजागृति मावि सितापुर, महेन्द्र शिशुमावि धर्मापुर र जनता मावि मुनुवाका अनाथ, गरिब छात्र, छात्रालाई शैक्षिक सामाग्री वितरण गरिएको थियो ।

विद्यालयमा कक्षा प्रथम, द्धितिय, तृतीय हुने विद्यार्थीहरूलाई पुरस्कार प्रदान गरिएको थियो ।  कार्यक्रममा योग गुरु पृथ्वीराज रावल, विरेन्द्र विद्यामन्दिर शैक्षिक गुठीका गुठीयार नवराज रावल, कैलाली प्याब्सनका अध्यक्ष डिल्ली राज रेग्मी, अभिभावक प्रेम रावल, लगायतले बोल्नु भएको थियो । कार्यक्रममा रेडियन्ट स्टार अफ आर.एम.ई.को फाइनल भएको छ । प्रतियोगितामा प्रथम तपेन्द्र तिखातरी, द्धितिय सुनिल भूल र तृतीय संगिता चौधरी हुनु भएको छ ।