रियल मड्रिड समूह विजेता बन्न चुक्यो - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

रियल मड्रिड समूह विजेता बन्न चुक्यो

हिमाल पोष्ट /२३ मंसिर, काठमाडौं । मार्को रियुसको गोलको मदतमा बोरुसिया डर्टमुन्डले रियल मड्रिडसँग बराबरी खेलेको छ । र, च्याम्पियन्स लिगको समूह एफको विजेता बनेको छ ।

बुधबार राति भएको खेलमा बोरुसिया डर्टमुन्डले साविकको विजेतन रियल मड्रिडसँग २-२ को बराबरी खेलेको हो ।

घरेलु मैदानमा भएको खेलमा रियलले २ गोलको अग्रता जोगाउन सकेन । २८ औं मिनेटमा करिम बेन्जिमाले गोल गर्दै अग्रता दिलाए । ५३ औं मिनेटमा उनले नै अग्रता दोब्बर पारे ।

तर, बोरुसिया डर्टमुन्डले खेलमा पुनरागमन पर्‍यो । ६० औं मिनेटमा अमाबियाङले गोल गरे भने ८८ औं मिनेटमा रियुसले बराबरी गोल गरे ।

यो खेलसँगै बोरुसिया डर्टमुन्ड १४ अंकसहित समूह एफको विजेता बनेको छ भने रियल १२ अंकसहित उपविजेता रहृयो ।

२३ मंसिर, काठमाडौं । मार्को रियुसको गोलको मदतमा बोरुसिया डर्टमुन्डले रियल मड्रिडसँग बराबरी खेलेको छ । र, च्याम्पियन्स लिगको समूह एफको विजेता बनेको छ ।