काठमाडौंको रिङरोड बन्नासाथ भत्काइने - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

काठमाडौंको रिङरोड बन्नासाथ भत्काइने



रिङरोड बन्नासाथ फेरि भत्काइने भएको छ । पुसमा चीनले हस्तान्तरण गर्ने र लगत्तै ठाउँ ठाउँमा भत्काइने योजना रहेको आजको नयाँ पत्रिका दैनिकले खबर छापेको छ ।

चिनियाँ प्रविधि र प्राविधिक प्रयोग गरी निर्माण भएको कोटेश्वर–कलंकी सडक रोड सेफ्टीका हिसाबले असुरक्षित देखिएको छ । त्यही कारण सडक भत्काउन लागिएको हो ।

नयाँ पत्रिकाका अनुसार, ट्राफिक लाइट, डिजाइन सडक बत्तीको व्यवस्था, आकासे पुल र डिभाइडरको व्यवस्था नगरिएका कारण सडक बन्नासाथ भत्काउने योजना बनाइएको हो ।