२०७५ बैशाख ७, शुक्रबार

रेशम चौधरीलाई शपथ नखुवाइने खुलासा

March 20, 2018
54 Views
Spread the love
  • 13
    Shares

कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री शेरबहादुर तामाङले सांसद रेशम चौधरीलाई शपथ खुवाउने सरकारको कुनै तयारी नभएको प्रष्ट पारेका छन् ।

सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले चौधरीको अभियोग प्रमाणित नभए पनि उनको शपथबारे सरकारले निर्णय लिई नसकेको जानकारी दिए ।

‘म कानुनको विद्यार्थीसमेत हुँ, अभियोग प्रमाणित नहुञ्जेल उहाँ आरोपित मात्रै हो । अभियोगबारे सम्बन्धित निकायले छानबिन गरिरहेकै छ । तथापि उनी जनप्रतिनिधि हुन्,’ तामाङले भने ।

अभियोग प्रमाणित भए कानुनबमोजिम कारबाही हुने उनको प्रष्टोक्ति थियो । ‘सांसद हुँदैमा कानुन नलाग्ने भन्ने हुँदैन । उनको अभियोगउपर छानबिन भइरहेको छ । शपथबारे पनि कुनै निर्णय भइसकेको छैन,’ उनले भने ।

टीकापुर प्रकरण अत्यन्त सम्वेदनशील घटना भएकाले सोहीअनुरूप सरकारले गम्भीरताका साथ हेरिरहेको बताउँदै उनले अपराधी उम्कन नदिइने प्रष्ट्याए ।

०७१ भदौ ७ गते टीकापुरमा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित ८ जनाको ज्यान गएको थियो । चौधरी त्यही घटनाका मुख्य योजनाकारको आरोपमा पूर्पक्षका लागि थुनामा छन् ।

सोही आरोपका कारण कैलाली–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित उनले शपथ खान पाएका छैनन् । उनले निर्वाचन आयोगबाट विजेताको प्रमाणपत्र पनि पाएका छैनन् ।

उपचारका लागि काठमाणडु ल्याइएका सांसद चौधरी अस्पतालमै अनसन बसेपछि गृहमन्त्री रामबहादुर थापाले जुस खुवाएर अनशन तोडाएका थिए ।

चौधरी आफूलाई निर्वाचित भएको प्रमाणपत्र दिनुपर्ने, सपथ खान पाउनुपर्ने, टीकापुर घटनाका २६ जना आरोपीलाई क्षतिपूर्तिसहित रिहा गर्नुपर्ने लगायतका माग राखेर अनशन बसेका थिए ।

गृहमन्त्री रामबहादुर थापा बादलले मुद्दा फिर्ता र अदालती प्रक्रियाबाहेक अन्य मागहरू पूरा गर्ने प्रतिवद्धता जनाएपछि उनले अनशन तोडेका थिए । उनले १८ दिनपछि अनशन तोडेका हुन् । टीकापुर घटनामा भएको हिंसात्मक घटनाका मुख्य अभियुक्त चौधरीलाई कैलाली जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको थियो ।

Facebook Comments
  • 13
    Shares

You may be interested

पर्यटक भित्राउने राम्रो माध्यम जितगढि हो :मुख्यमन्त्री
राजनीति
0 shares4 views
राजनीति
0 shares4 views

पर्यटक भित्राउने राम्रो माध्यम जितगढि हो :मुख्यमन्त्री

himal post - २०७५, ७ बैशाख १६:२७

आचार्य प्रदीप/बुटवल, प्रदेश नम्बर ५ का मुख्यमन्त्रि शंकर पोखरेलले बुटवलको जितगढि पर्यटक भित्राउने राम्रो माध्यम भएको बताएका छन् । उनले…

कम्पनीको मनपरी: राजा वीरेन्द्रको फोटो राखेर ‘वीरेन्द्र बियर’!
समाचार
0 shares5 views
समाचार
0 shares5 views

कम्पनीको मनपरी: राजा वीरेन्द्रको फोटो राखेर ‘वीरेन्द्र बियर’!

himal post - २०७५, ७ बैशाख १६:२४

काठमाडौं- स्वर्गीय राजा वीरेन्द्र वीरविक्रम शाहदेवको मदिरा पिउन लागेको अवस्थाको फोटो राखी स्वीजरल्याण्डको टुरविनेनब्राउ नामक मदिरा उत्पादक कम्‍पनीले वीरेन्द्र बियर…

नेपालले टी–२० विश्वकप खेल्न ३ चरणको छनोट पार गर्नुपर्ने
खेलकुद
0 shares5 views
खेलकुद
0 shares5 views

नेपालले टी–२० विश्वकप खेल्न ३ चरणको छनोट पार गर्नुपर्ने

himal post - २०७५, ७ बैशाख १६:१६

काठमाडौं– अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले सन् २०२० मा अस्ट्रेलियामा हुने टी–२० विश्वकपको छनोट तालिका सार्वजनिक गरेको छ। आइसिसीले शुक्रबार…