तिमीले पाउमुनि राखेकी घरकी महिला होईनन्, जनयुद्दकी योद्दा हुन रेणु - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

तिमीले पाउमुनि राखेकी घरकी महिला होईनन्, जनयुद्दकी योद्दा हुन रेणु



चुनाव हो ,रेणु दाहालले चुनाव हार्न पनि सक्छिन् ,जित्न पनि सक्छिन्हो । उनी प्रचण्डकी छोरी अवश्य हुन् । तर छोरी मात्र विल्कुल हैनन् । उनी ०५२ सालवाटै जनयुद्धमा होमिइन् । जनयुद्धको तुफानी केन्द्र रोल्पा जिल्लाको सचिव भएर काम गरिन्।सह इन्चार्ज भएर पनि काम गरिन् । गणतन्त्र , महिला अधिकारका लागि हत्केलामा ज्यान राखेर हिडिन् | युरोप अमेरिका गएर केरिअर बनाउन तिर लागिनन् ।

पछि काठमाडौँ क्षेत्र नं १ को क्षेत्रीय संयोजक भएर पनि काम गरिन् । पार्टीको महानगर संयोजक, काठमाडौँ जिल्ला सचिव हुँदै अनेमसंघ(क्रान्तिकारी) को महासचिव भएर पनि काम गरिन् ,गरिरहेकी छन् । पहिलो संविधानसभाको सदस्यको भूमिका पनि निभाइन् । उनी फुत्त आएकी हैनन् | उनी बहुत सामान्य र सरल पनि छिन् ।

उनी पार्टीका कयौँलाई रुवाएर उम्मेदवार वनेकी हैनन् । सबैको आग्रहमा सर्वसम्मत उम्मेदवार वनेकी हुन् । म बहस गर्न चाहन्छु के कुनै महिला कसैको छोरी,कसैको श्रीमती भएर मात्र चिनिनु पर्ने ? के कुनै महिलाको आफ्नै मौलिक परिचय हुन सक्दैन ? रञ्जुलाई रातारात नायिका बनाउने र रेणुलाई एकहोरो लखेट्नेहरुको नियतमा वर्गीय पूर्वाग्रहको नमिठो गन्ध त छैन ? कृपया सबै प्रक्रिया पूरा गरी जनताको बिचमा गएकी संघर्षशील रेणुलाई ‘ प्रचण्ड पुत्री ‘ मात्र भनेर हुर्मत लिन तंछाडमछाड नगरौं ।

उक्त बिचारलाई सामाजिक संजालबाट लिईएको हो जो कसैको लेख हो कृपया आफ्नो नाम हामीलाई मेल गरिदिनु होला ।