रियल लाईफ भन्दा धेरै नै फरक छ गीत संगीतको दुनियाँ - तारा श्रीस - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

रियल लाईफ भन्दा धेरै नै फरक छ गीत संगीतको दुनियाँ – तारा श्रीस



गायिका तारा श्रीसको परिचय

नाम: तारा श्रीस
बुबा बुद्धिमा श्रीस
आमा नरमा श्रीस
ठेगाना: बाग्लुङ छिस्ती ९
हाल पोखरा
गीत : ५०० भन्दा माथि गीतहरुमा  स्वर दिएको
उनै गायिका तारा श्रीस सँग हाम्रा सहकर्मी  ओम प्रकाश बानियाँले कतारमा लिएको अन्तर्वार्ता जस्ताको तस्तै:

अहिलेसम्म कतिवटा गीत  गाउनु भयो ?

– ५०० वटा गाए । अरू पनि गीत  रेकर्डिङको तर्खरमा छ ।

 घर परिवारबाट कतिको सहयोग पाउनु भएको छ ?

– धेरै नै सहयोग पाएको छु । अहिलेसम्म यहाँ आएको नै घर परिवारको कारणले हो । म आफूलाई निकै भाग्यमानी ठान्छु ।

 एउटा स्टेज पोग्रामको कति लिनुहुन्छ ?

– नेपाल ३०/३५ हजार सम्म लिने गरेको छु । विदेशमा त्यस्तो फिक्स छैन । कुनै सामाजिक कामको लागि हो भने फ्रीमा गाएको पनि छु ।

 गायन क्षेत्रमा कसरी आईपुग्नु भयो ?

– मेरो सानै देखाको रुचि थियो गायनमा । पहिला गाउँ घर, कलेज आदि कार्यक्रममा गाना गाउने गर्थे । शिरियस भएर लागेको चैँ साढे तीन साल भयो ?

यो क्षेत्रमा आएर सही गरे जस्तो लाग्छ कि गल्ती गरे जस्तो लाग्छ ?

– गायनको पनि पछिल्लो समय राम्रो सम्भावना छ नेपालमा तर यहाँ असली गायक, गायिका भन्दा नक्कली गायक गायिका हिट हुने प्रथा रोकिएको छैन । समग्रमा भन्नु पर्दा पछुतो लागेको छैन ।

रियल लाईफ भन्दा कतिको फरक छ यो दुनियाँ ?

– रियल लाईफ भन्दा धेरै नै फरक छ यो दुनियाँ । तै हो यसलाई कसरी अगाडि बढाउने त्यो आफूमा भर पर्ने हुन्छ ।

 नेपाली गायन क्षेत्रलाई अगाडि बढाउन तपाईँ बाट के आस गर्ने सकिन्छ ?

– म यस क्षेत्रमा आएको केवल  पैसा कमाउनलाई होइन । यहाँ भित्र रहेको विकृति विसङगतीलाई चिर्न पनि हो । यहाँ राम्रो भन्दा पनि हाम्रोलाई च्याप्ने  जुन परम्परा छ । त्यसलाई चिर्न जरुरी छ । म निष्ठा पूर्वक लाग्ने छु यस क्षेत्रलाई अगाडि बढाउनको लागि ।

प्रेम सम्बन्धमा हुनुहुन्छ होला नि ?

– पहिला थिए अहिले छैन । अहिले आफ्नो क्यारियर बनाउन लागेको छु ।

राजनीति तिर कतिको अपडेट हुनुहुन्छ ?

– राजनीति भन्ने कुरा मेरो बहस विषय परेन । रुचि पनि छैन । तर देशको प्रधानमन्त्री शेर वा. देउवा हुन् भन्ने थाहा छ ।

अन्त्यमा केही भन्न चाहानुहुन्छ ?

– तै हो मैले आफ्नो सक्दो गर्ने छु जहिले पनि । मलाई यहाँ सम्म ल्याउने मेरो परिवार विशेष गरी मेरो बुबा बुद्धिमान् श्रीस, तेजेन गुरुङ, नवीन राना, गोविना पुन, प्रेम गुरुङ, वसन्त वितयासी थापा, देव आले लगायत सबैलाई भित्री मनबाट नै कृतज्ञता व्यक्त गर्ने चाहन्छु ।