राष्ट्रियसभाका लागि प्रदेश नं ७ बाट १२ जना एमालेका उम्मेदवारहरु सिफारिस (नाम सहित) - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

राष्ट्रियसभाका लागि प्रदेश नं ७ बाट १२ जना एमालेका उम्मेदवारहरु सिफारिस (नाम सहित)



काठमाडौं ।।  राष्ट्रिय सभाका लागि प्रदेश ७ बाट नेकपा (एमाले)ले उम्मेदवार सिफारिस गरेको छ ।

एमालेको प्रदेश ७ को प्रदेश कमिटीको सचिवालयले राष्ट्रियसभाका लागि केन्द्रमा १२ जनाको नाम सिफारिस गरेको हो ।

प्रदेश कमिटीले खुल्लातर्फ महेश्वर पाठक, बिक्रम बहादुर शाही र शेरबहादुर कुँवरको नाम सिफारिस गरेको छ । त्यस्तै दलित तर्फ पुरनसिंह दयाल, अफिलाल ओखेडा र चक्र स्नेहीको नाम सिफारिस गरेको छ ।

यसैगरी महिला तर्फ गौरी ओली, सावित्रा घिमिरे, हिरादेवी अवस्थी, कमला ओली, राधिका बोहरा र इन्दु कडरियाको नाममा राष्ट्रियसभाका लागि सिफारिस गरेको छ ।