राष्ट्रपति, उपराष्ट्रपति र सभामुख दोहोरिने ! - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

राष्ट्रपति, उपराष्ट्रपति र सभामुख दोहोरिने !



काठमाडौं – संविधानतः राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनको कार्यावधि संघीय संसद र प्रदेशसभाका सांसदले मतदान गर्ने निर्वाचक मण्डलबाट नयाँ राष्ट्रपति उपराष्ट्रपति चयन गरेपछि स्वतः अन्त्य हुने छ ।

दुई तहका सांसदको मतभार भने फरक हुने व्यवस्था छ । तर, यो संविधानले राष्ट्रपति र उपराष्ट्रपति दुवैलाई फेरी नयाँ व्यवस्थाअनुसार चुनिएर आउन रोक लगाएको छैन । त्यही सहज बाटो पछ्याउँदै राष्ट्रपति भण्डारी, उपराष्ट्रपति पुन र सभामुख ओनसरी घर्तीको समेत कार्यकाल दोहोर्याउने चलखेल सुरु भएको छ ।
सार्वजनिक रुपमा चर्चामा आएका राष्ट्रप्रमुख, उपप्रमखु दोहोर्याउने विषय आएपछि माओवादीले सभामुखसमेत दोहोर्याउनुपर्ने प्रस्ताव अघि सारेको छ ।

ओलीको चाहना

राष्ट्रपतिलाई थप अर्को कार्यकाल दोहोर्याउन एमालेको संस्थापन पक्ष लागिपरेको छ । संस्थापन पक्ष भित्रका पनि अध्यक्ष ओली नजिकका नेताहरू अनौपचारिक रुपमा बढी नै सक्रिय भएका छन् ।
अध्यक्ष ओलीले राष्ट्रपतिमा भण्डारीलाई नै दोहोर्याउने मनसाय व्यक्त गरेपछि माओवादी अध्यक्ष प्रचण्डले त्यसको विरोध गरेका छैनन् । एमालेभित्रै आकांक्षी देखिएका नेता झलनाथ खनाल, माधवकुमार नेपाल, सुवासचन्द्र नेम्वाङ लगायत भने मौन देखिन्छन् ।

राष्ट्रपति भण्डारीको लबिङ

आफ्नो कार्यकाल दोहोर्याउन तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बन्ने संभावित नयाँ सरकार निर्माणको बाटो छिटो खुलाउन पनि राष्ट्रपति भण्डारी आफै सक्रिय भएकी छिन् ।
निर्वाचन आयोगका प्रमुख आयुक्त अयोधिप्रसाद यादवलाई बोलाएर पटक–पटक सरकार गठनको वातावरण बनाउन दबाव दिएकी भण्डारीले प्रतिनिधिसभाको समानुपातिकतर्फको मत परिणाम सार्वजानिक गर्न आग्रह गरेकी थिइन् । संवैधानिक जटिलताको व्याख्या गर्दै आयोगले राष्ट्रपतिको आग्रह भने मानेन । प्
रधानमन्त्री शेरबहादुर देउवालाई पनि आफ्नो निवासमा बोलाएर भण्डारीले नयाँ जनादेश अनुसार नयाँ सरकार गठनका लागि ठाँउ छोडिदिन आग्रह गरेकी छन् । सरकारले पनि राष्ट्रियसभा गठनको संवैधानिक अप्ठ्यारो देखाएर आफ्नो आयु लम्ब्याइरहेको छ ।

भण्डारीको रात्रिभोज

राष्ट्रपति भण्डारीले २३ गते आइतबार साँझ एमाले र माओवादीका १२ ९एमालेका ६ माअ‍ेवादीका ६० प्रभावशाली नेताहरूलाई बोलाएर रात्रिभोज दिइन् ।

रात्रिभोजका लागि आफ्नो निवासमा भण्डारीले एमालेका तर्फबाट पूर्वसभामुख साथै ओली खेमाका नेता सुवासचन्द्र नेम्वाङ, उपाध्यक्ष भीम रावल, महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल सचिव प्रदीप ज्ञवाली र शंकर पोखरेललाइर् बोलाइन् ।

माओवादीका तर्फबाट पनि वर्तमान राजनीतिमा उत्तिकै सक्रिय र प्रभावशाली ६ नेतालाई भण्डारीले रात्रिभोजमा डाकिन् । जसमा उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, महासचिव रामबहादुर थापा, युवानेता वर्षमान पुन, जनार्दन शर्मा र शक्तिबहादुर बस्नेत थिए । भण्डारीले नेता कृष्णबहादुर महरालाई बोलाए पनि उनी भने काठमाडौंमा उपलब्ध थिएनन् ।

रात्रिभोजको सन्देश

रात्रिभोजको प्रस्ट सन्देश थियो, राष्ट्रपतिले आफ्नो कार्यकाल दोहोर्याउनको लागि लबिङ गर्नु । त्यसका लागि त्यहाँ उपस्थित नेताहरू लगभग निर्णायक हुन् । उताफेरी दुवै पार्टीका अध्यक्षहरू सकारात्मक भइसकेका छन् ।

दोस्रो सन्देश थियो, सकेसम्म छिटो नयाँ सरकार गठन गर्ने र केपी ओलीलाई प्रधानमन्त्री बनाउने ।
तेस्रो थियो, वाम एकताका लागि निर्णायक ठानिएका दोस्रो तहका नेताहरूको हौसला बढाउँदै शुभकामना तथा बधाई दिने ।

बैठककै क्रममा पनि भण्डारीले वाम एकताका लागि शुभकामना र निर्वाचन आयोगलाई परिणाम सार्वजनिक गर्न दबाव दिनुपर्ने कुरा मात्र होइन, अहिलेकै सरकारले प्रदेशको अस्थायी केन्द्र तोक्नुपर्ने कुरामा समेत जोड दिएको राष्ट्रपति कार्यालय उच्चस्रोतले जानकारी दियो ।

राष्ट्रपतिको आफ्नो रुचि र सक्रियता, अध्यक्ष ओलीको चाहाना र माओवादीको समेत सकारात्मक संकेत पाएपछि राष्ट्राध्यक्षको जिम्मेवारी रहेको संवैधानिक राष्ट्रपतिमा भण्डारी दोहोरिने लगभग पक्काजस्तै भएको छ ।
राष्ट्रपति चयनका लागि हुने निर्वाचनमा संघीय र प्रदेश सांसदहरूको मत एमाले र माओवादीको प्रस्ट बहुमत भएकाले भण्डारी फेरी निर्वाचित हुने संभावना बढेको हो । माओवादीका नेताहरूले राष्ट्रपति दोहोरिने भएपछि उपराष्ट्रपति र सभामुखसमेत दोहोर्याउने प्रस्ताव संयुक्त बैठकहरूमा अनौपचारिक रुपमा गरीसकेका छन् ।

माओवादीको चाहानाअनुसार राष्ट्रपतिसँगै उपराष्ट्रपति दोहोरिने निश्चित छ । सबै पदमा निरन्तरता दिने भनेपछि सभामुख पदमा पनि दोहोरीने सम्भावना छ तर पनि शक्ति सन्तुलनका अन्य पक्षलाई समेत मध्यनजर गर्नुपर्ने पनि स्थिति रहेको स्रोतको भनाई छ ।एकता न्युजबाट