राष्ट्रपति कार्यालयमा लक्षित गरी बम विस्फोट, ६ को मृत्यु, ३० घाइते - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

राष्ट्रपति कार्यालयमा लक्षित गरी बम विस्फोट, ६ को मृत्यु, ३० घाइते



यमनको राजधानी सानामा रहेको राष्ट्रपति कार्यालयलाई लक्षित गरी सोमबार आक्रमण भएको छ । यमनी विद्रोहीहरुले नियन्त्रणमा लिएको ठाँउमा भएका दुई हवाई हमलामा कम्तीमा ६ जनाको मृत्यु भएको छ भने ३० भन्दा बढी घाइते भएको समाचारमा उल्लेख गरिएको छ ।

स्वास्थ्य अधिकारीहरुले एएफपीलाई दिएको जानकारी अनुसार विद्रोहीहरूले चलाएको अल मसिराह टेलिभिजनले साउदी अरब नेतृत्वको गठबन्धन सेनाले आक्रमण गरेको समाचार प्रसारण गरेको छ ।

स्थानीयबासिन्दाले राष्ट्रपति भवनलाई लक्षित गरी दुई ठूला शक्तिशाली विस्फोटन भएको बताएका छन् । केन्द्रीय बैंकबाट नजिकै रहेको एउटा बैंक र पसलको छेउमा विस्फोटन भएको थियो ।

बिस्फोटनपछि भत्किएको ठाँउमा धेरै जना पुरिएको आशंका गरिएको छ । यमनमा हुथी विद्रोही र साउदी अरब नेतृत्वको गठबन्धन सेनाकाबीचमा सन् २०१५ देखि युद्ध चलिरहेको छ । एजेन्सीकाे सहयाेगमा