राष्ट्रपतिद्वारा प्रधानमन्त्रीलाई यस्तो सुझाब ,अब के गर्छन त देउवा ? - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

राष्ट्रपतिद्वारा प्रधानमन्त्रीलाई यस्तो सुझाब ,अब के गर्छन त देउवा ?



काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबिच सोमबार बिहान भेटघाट भएको छ ।
राष्ट्रपति र प्रधानमन्त्रीबिच प्रदेशप्रमुख र प्रदेशमुकाम बारेमा छलफल भएको राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले बताए ।

स्वकीय सचिव अधिकारीका अनुसार राष्ट्रपति भण्डारीले प्रधानमन्त्री देउवालाई दलहरूसँगको सहमतिमा प्रदेशको अस्थायी मुकाम तोक्न सुझाव दिएकी छन् । भेटमा प्रधानमन्त्री देउवाले राष्ट्रपति भण्डारीलार्इ राष्ट्रियसभा निर्वाचन बारे जानकारी समेत गराएका थिए ।

वाम गठबन्धनको असहमति र मुकाम माग्दै विभिन्न ठाउँमा भइरहेको आन्दोलनको कारण सरकारले प्रदेशको अस्थायी केन्द्र तोक्न सकेको छैन । प्रदेशमुकाम तोक्न असहज भएपछि सरकारले प्रदेश प्रमुखहरू मात्र नियुक्त गरेर प्रदेशसभा सदस्यलाई काठमाडौँमै शपथ खुवाउने तयारी गरेकाे छ । त्यसकाे सर्वत्र आलोचना हुन थालेको छ ।