कार्कीको घोषणा : लाहन नगरपालिकामा राप्रपाले चुनाव जित्छ - Himal Post Himal Post
  • ५ बैशाख २०८१, बुधबार
  •      Wed Apr 17 2024
Logo

कार्कीको घोषणा : लाहन नगरपालिकामा राप्रपाले चुनाव जित्छ



भदौ २५, काठमाडौं-
प्रदेश नं २ स्थित सिरहाको लाहन नगरपालिकाको मेयर पदका उम्मेदवार पूर्व सांसद लगनलाल चौधरीले चुनाव जित्ने निश्चित जस्तै भएको हिकमत जंग कार्कीले बताएका छन् । स्थानीय स्तरमा राम्रो छवि बनाएका कारण चौधरीले जित्ने बताएका हुन् ।

चौधरीले विकास निर्माणको कार्यमा पनि त्यतिकै योगदान दिँदै आएका छन् ।

सिरहाको लाहनमा भएको एक सभामा राप्रपाका युवा नेता हिकमत जङ्ग कार्कीले आफ्नो मन्तव्य राख्दै २ नं प्रदेशको सिरहाको लाहन नगरपालिकामा राप्रपाले चुनाव जित्ने घोषणा गरेका हुन् ।
कार्यक्रममा जिल्ला अध्यक्ष कैलाश कटुवाल, ऋद्धिप्रताप जङ्ग राणा र श्रीधर सिंह लगायत स्थानीयहरुको बाक्लै उपस्थिति रहेको थियो । जनताको विश्वास पनि राप्रपा उमेदवार माथि भएका कारण लाहन नगरपालिकामा अन्य पार्टीहरूको तुलनामा राप्रपा बलियो देखिएको छ।