राप्रपा पाल्पाको अध्यक्षमा कुँवर - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

राप्रपा पाल्पाको अध्यक्षमा कुँवर



हिमाल पोष्ट / पाल्पा, २८ मङ्सिर । राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (नेपाल), पाल्पाको एकता भेलाले डुलबहादुर कुँवरको अध्यक्षतामा ४१ सदस्यीय जिल्ला समिति गठन गरेको छ ।

सोमबार सम्पन्न एकता भेलाले सह–अध्यक्षमा विष्णु पाण्डे, वरिष्ठ उपाध्यक्षमा रेवन्तबहादुर विष्ट, उपाध्यक्षमा पदमबहादुर राना, सचिवमा हरिप्रसाद बस्याल, सह–सचिवमा सुदर्शन श्रेष्ठ र कोषाध्यक्षमा ईश्वरीप्रसाद खनाल चयन हुनुभएको छ ।

भेलामा राप्रपा केन्द्रीय सदस्य तथा सांसद सरोजा शर्माले पार्टीलाई बलियो बनाउनका लागि सङ्गठन निर्माण कार्यलाई प्रमुखताका साथ अघि बढाउनुपर्ने बताउनुभयो । उहाँले राप्रपाका कार्यकर्ता अब गाउँगाउँमा पुगेर सङ्गठन विस्तारमा लाग्न निर्देशन दिनुभयो ।

केन्द्रीय सदस्य रुपसिं थापाले राजासहितको प्रजातन्त्र र हिन्दू राष्ट्रको नारा बोकेर गाउँगाउँमा जान कार्यकर्तालाई आग्रह गर्नुभयो । यस्तै, अर्का केन्द्रीय सदस्य अलीअहमद मियाले व्यक्तिगत गुटको राजनीति गर्न खोज्ने नेतालाई पार्टीमा राख्न नहुने बताउनुभयो ।