राणा र राजापछी राष्ट्रपति फाल्न नपरोस ! - Himal Post Himal Post
  • ६ चैत्र २०८०, मंगलवार
  •      Tue Mar 19 2024
Logo

राणा र राजापछी राष्ट्रपति फाल्न नपरोस !



कर्ण बहादुर अधिकारी।

केही दिन अगाडी सम्माननीय राष्ट्रपति विद्या देवी भण्डारीको शीतल निवास देखि संसद् भवन सम्मको यात्रामा जे देखे मनमा अति नै कौतुहलता छायो र केही कुरा नलेखी बस्नै सकिन।चाहेर भनौ वा नचाहेर भनौ मनमा लागेको कुरा लेखि नै छाडे।लेखाइको क्रममा कमी कम्जोरी र त्रुटि पनि हुन सक्ला यदि त्रुटि र कमी कम्जोरी हुन गएमा पाठक बृन्दहरूसंग क्षमा चाहन्छु।नेपालको राजनीति परिवर्तनका नाममा थुप्रै आन्दोलन भए कहिले राणा शासनका लागि,कहिले पंञ्चायतका लागि त कहिले राजतन्त्र फ्यालनका लागि जे भए पनि जनताका छोरा छोरीले राजनीति परिवर्तनका नाममा थुप्रैले जीवनको आँहुती चढाए।आखिर जसो जसो भए पनि फाइदा देशलाई भन्दा पनि केही सीमित व्यक्तिहरूलाई भएको प्रस्ट देखिएको छ।आन्दोलनमा जीवन गुमाएकाहरूका परिवारलाई १० लाख र सहिद शब्दले सम्मान गरी दिए।मरेर जाने त मरेर गए तर आन्दोलनहरूमा घाइते भई बाचेकाहरूले वर्तमान अवस्थामा नेपालको राजनीतिलाई नजिकैबाट निहाली रहेका छन्।

राणाको दमन सहनै नसकेर प्रजातन्त्र ल्याए।पंञ्चायतको दमन सहनै नसकेर बहुदल ल्याए बहुदल पनि ठिक नलागेर राजतन्त्रको अन्त्य गराउँदै ६२/६३ सालमा लोकतन्त्र ल्याए।२४० वर्ष सम्म राज गरेको शाह बंशीय राजाको श्रीपेच खोसियो।राजा साधारण नागरिक बने भने जनताको छोरा छोरीले राष्ट्रपति बन्ने अवसर पाए।त्यही अवसरलाई डा. रामवरण यादव र विद्या देवी भण्डारीले पुरा गर्दै छन्।एउटा राजा हटे पनि सयौँ राजाहरू जन्मि रहे।श्री ५ बाट श्री ६ बन्ने होडबाजीमा लागि परेका छन्।राजाले राज्य ढुकुटी तहस नहस पार्‍यो त्यस कारण राजतन्त्र ठिक छैन भनेर राष्ट्रपतीय प्रणाली लाद्नेहरू आज राजाको भन्दा पनि बढी टाठबाठका साथ मोज मस्ती गरी रहेका छन् आखिर किन?के ६२/६३ सालको आन्दोलन यही दिन देख्नका लागि थियो?

भूकम्प पीडित ३ वर्ष देखि पाल मुनी,गरिब राष्ट्र नेपाल र गरिबीको रेखामुनि रहेका हामी नेपाली,गरिबीकै कारण बिदेशीएका होनाहार ६० लाख युवा जनशक्ति,देशमा रोजगारीको कुनै माहौल छैन।हत्या बलात्कार जस्ता घटनाहरू दिन दिनै बढ्दो अवस्था छ।राजतन्त्र ढलाएर जनताको मतदानले जनताकै छोरा छोरी राष्ट्रपति बन्नकै लागि नेपाली जनताले २०६२/६३ सालमा गरेको लोकतान्त्रिक आन्दोलनले बनाएको राष्ट्रपतिको हिजोको सवारी देख्दा लाग्छ राजतन्त्र हटे पनि राजाले छोडेर गएको जुत्तामा खुट्टा हाल्ने प्रबृति मौलाएकोमा दुखी छु।जननेता कमरेड मदन भण्डारीले बोल्नु भएको कुरा अझै पनि मेरो दिमाखमा ताजै छ।
एक जना राजा रहने कुराले कुनै ठुलो आपत्ति रहँदैन तर सामन्तवाद,दलाल नोकर शाही,पुँजीवाद साम्राज्यवादको शोषण रह्यो भने राजा नरहे पनि हाम्रो स्थितिमा कुनै परिवर्तन आउँदैन भन्थे आखिर उहाँले भने अनुसारकै काम सरकार र राष्ट्रपतिबाट भएको छ।रातो कार्पेट दायाँ बायाँ सैनिकको लावा लस्कर चारै तिर सुरक्षा कर्मीको तैनाथ बिचमा राष्ट्रपति भण्डारी बग्गीमा खै मसँग बोल्ने र लेख्ने शब्द नै भएन।हजार जिब्रा भएका कमरेडहरूले त बयान गर्न सक्दैन भने म एउटा तुच्छ नेपालीले कसरी गर्न सकुँला।समय फेरियो व्यवस्था फेरियो तर हाम्रो सोच कहिले फेरिएन।राष्ट्रको उच्च तहका व्यक्तिहरूलाई सुरक्षा दिनु उचित हो तर नौटङ्की गर्दै सर्बसाधरण हिँड्ने बाटो नै कब्जा गरी निरङ्कुशता लाद्नु पक्कै राम्रो कुरा होइन।

वर्तमान अवस्थामा देश कम्युनिष्टमयी भएको छ।सरकार कम्युनिस्टकै राष्ट्रपति,उपराष्ट्रपति सबै कम्युनिस्टकै छ।जनताले जुन सोचले यिनीहरूलाई मतदान गरेका थिए आज त्यसको ठिक विपरीत हुन गएको छ।विकास निर्माणमा लाग्नुका साटो कथा र प्रबचन दिदैमा ठिक छन् राष्ट्र प्रमुखहरू।जनतालाई कुनै पनि ठाउँमा सुरक्षाको प्रत्याभूति छैन।छोरी आमा श्रीमतीको कहाँ कति खेर शाररीक र मानसिक शोषण हुन्छ त्यो भन्न सकिने अवस्था छैन।देशमा अस्थिरता छाएको छ।त्यस कारण देशलाई अस्थिरताबाट बचाउने हो भने देशको अवस्था अनरूप चल्नु होला।