चुनाव सकिए लगत्तै रमेश कुमार महत जुटे सामाजिक कार्यमा - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

चुनाव सकिए लगत्तै रमेश कुमार महत जुटे सामाजिक कार्यमा



कर्ण अधिकारी नुवाकोट।

ककनी गाउँपालिका वडा नम्बर ७ स्याँगुले डाँडामा रहेको तामाङको घरमा सोमबार दिउँसो आगलागी भएको थियो।पीडित कान्छा तामाङको पीडालाई महसुस गर्दै नेपाली काँग्रेसका युवा नेता रमेश कुमार महतले १०,००० नगद सहित केही राहत मङ्गलवार पीडितलाई हस्तान्तरण गरिएको हो । वडा इकाईका वरिष्ठ नेता ठुलो कान्छा तामाङको संयोजनमा हस्तान्तरण कार्यक्रम सम्पन्न भएको हो ।रमेश कुमार महत अङ्क गणीतीय हिसाबमा बद्री मैनाली सँग पराजय भए पनि अलि कति पनि बिचल्लित नभई सामाजिक कार्यमा खटिई सकेका छन्।नुवाकोट बासी जनताले रमेश र डा. महतलाई मतदान गरेर विजय नगराउनु नै ठुलो दुर्भाग्य हो।नुवाकोटमा विजयी जुलुसमा रमाई रहेका बाम गठबन्धनका नेता कार्यकर्तालाई यो एउटा चुनौती पनि हो।रमेश महत सधैँ जनताको घर दैलोमा पुग्ने कर्मठ राजनीति कर्मी हुन।

साविक चतुराले गाउँ कार्यसमितिको सभापति बद्रिराज थपलियाको सभापतित्वमा सम्पन्न हस्तान्तरण कार्यक्रममा अतिथिहरु पूर्व महासमिति सदस्य पदमराज पौडेल, नेपाल तरुण दल क्षेत्रीय अध्यक्ष यदुमान लामा, जिल्ला समन्वय समितिका सदस्य सम्झना सेढाई, ककनी गापा पार्टी संयोजक सुपोल(अशोक) लामा, सञ्चारकर्मी अर्जुनबहादुर तामाङ, वडा सदस्य कुलराज थपलिया, पूर्व पार्टी इकाई सभापति किर्तिराज थपलिया, तरुण दल इकाईका पुर्वअध्यक्ष राधाकृष्ण श्रेष्ठ, क्षेत्रीय प्रतिनिधि नारायण पाण्डे लगायतको रोहवरमा हस्तान्तरण भएको हो ।

यसै क्रममा राहत सङ्कलन समिति पनि गठन गरिएको छ।कुलराज थपलियाको संयोजकत्वमा ५ सदस्यीय समिति गठन भएको हो । सदस्यहरूमा सम्झना सेढाई, राधाकृष्ण श्रेष्ठ ,सन्तबहादुर तामाङ र जनकराज तिवारी रहेका छन् ।