रामेछाप जिल्लाको सार्वजनिक सुुनुवाईमा नागरिकको पुर्ननिर्माणमा चिन्ता - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

रामेछाप जिल्लाको सार्वजनिक सुुनुवाईमा नागरिकको पुर्ननिर्माणमा चिन्ता



हिमाल पोस्ट / कात्तिक, २९ रामेछाप
रामेछाप जिल्लाको आर्थिक बर्ष ०७३र०७४ को पहिलो चौमासिकको प्रवाहित सार्वजनिक सेवा र समर्ग बिकाशको आवश्यकता बिषयक सार्वजनिक सुनुवाई कार्यक्रम रामेछापको रामपुरमा सम्पन्न भएको छ ।
जिल्ला बिकाश समिति रामेछाप र रामपुर गा।बि।सको आयोजना र मानव अधिकार तथा सामाजिक न्याय संयोजन केन्द्र रामेछापको सहजीकरणमा संचालन भएको उक्त कार्यक्रममा नागरिकहरुले सार्वजनिक सेवा प्रवाहमा सवालहरु राखेका थिए ।
बिशेष गरी स्थानीय बिकाश निर्माण र सेवा प्रवाहका बिषयमा उठेका जिज्ञासाहरु सम्बन्धित कार्यालय तथा संस्थाका प्रतिनिधिले जवाफ दिएका थिए ।

जिल्ला बिकाश समिति रामेछापको यस चौमासिकमा भएको कार्य प्रगति तथा कार्ययोजना समेत प्रस्तुत गरिएको कार्यक्रममा जिल्ला बिकाश समितिले सम्पन्न गरेका कार्यक्रमको जानकारी र जिज्ञासाको बारेमा स्थानीय बिकाश अधिकारी दिनेशराज पन्त र जिल्लाको समर्ग शान्ति सुरक्षा र प्रशासनिक चासोको सवालमा निमित्त प्रमुख जिल्ला अधिकारी सिताराम थापाले स्पष्ट पारेका थिए ।
साथै अन्य सरकारी कार्यालयसँग सम्बन्धित सवालहरुमा सम्बन्धित कार्यालयका प्रतिनिधी तथा प्रमुखले जवाफ दिएका थिए । रामपुर गा।बि।सका स्थानीय तथा सरोकारवालाहरुको उल्लेख्य उपस्थिति रहेको कार्यक्रममा स्थानीयहरुले पुनर्निमाणसँग सम्बन्धि कुराहरुमा सवाल राखेका थिए ।
सो को जवाफ रामपुर गा।बि।समा पुनर्निमाणको क्षेत्रमा काम गर्दै आइरहेको नेपाल रेडक्रस सोसाइटी भुकम्प प्रतिकार्य कार्यक्रममा जिल्ला संयोजक जयराम बस्नेतले रेडक्रसले उपलब्ध गराउने सेवा तथा सुबिधाको बारेमा प्रष्ट पारेका थिए ।
रामपुर गा।बि।समा खानेपानीको अत्याधिक समस्या रहेको कारण घर र्निमाणमा देखिएको समस्यालाई निवारण गर्नको लागि रेडक्रसले मुख्य तीन ओटा ठुला र साना मर्मतका योजना गरि अठार ओटा योजना प्रस्तावित गरिएको बस्नेतले जानकारी दिएका थिए ।
छलफलमा उठेका पुनर्निमाण सम्बन्धि प्रबिधिक समस्याको बारेमा निमित्त डिभिजन इन्जिनियर डिल्ली अधिकारीले प्रष्ट पारेका थिए । कार्यक्रममा रामपुर गा।बि।सका सचिब लक्ष्मण भुजेलले गा।बि।सलाई अगामी पौष मसान्त भित्र खुला दिशामुक्त क्षेत्र घोषणाको लागि योजना बनाइएको बताएका थिए ।

अनौपचारिक रुपमा संचालन गरिएको कार्यक्रमको संचालन उमंग मैनालीले गरेका थिए भने स्थानीय हजुरको रेडियो रामेछापले प्रत्यक्ष प्रशारण गरेको थियो ।